• ON AIRविज्ञापन
  • मानवताको लागी हातेमालो

सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा सम्लग्न

माघ ८,रामेछाप– डिभिजन वन कार्यालय रामेछापबाट इजाजत नलिई आपूmखुसी बन फडानी गरि काठ बिक्री गर्ने र खरिद गर्ने दुईजना विरुद्ध मुद्दा दायर गरिएको छ । वन ऐन २०४९ को दफा ४९ को (घ) र (ङ) बमोजिम बन फडानी गरि काठ बिक्री गर्ने र किन्ने दुई जनाको विरुद्धमा मुद्दा दिइएको हो । रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा रहेको दिकीदाव्रे सेतिभिर सामुदायिक वन उपभोक्ता समितिले इलाका वन कार्यालय ठोसेका केही कर्मचारीहरुको मिलेमतोमा सामुदायिक वनमा रहेको ठिग्रे सल्ला जातको ४ हजार क्यूफिट (६७ वटा रुख) एकै ठाउँमा कटान गरेका थिए ।


सामुदायिक बन फडानी गर्ने दिकीदाव्रे सेतिभिर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आङनिमा शेर्पाले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा रहेको जटापोखरी बहुउद्देश्यीय काठ प्रशोधन केन्द्रका सञ्चालक सुन्दर कार्कीलाई काठ बिक्री गरेका थिए ।काठ प्रशोधन केन्द्रलाई शेर्पाले २ हजार ६ सय १८ क्यूफिट काठ बिक्री गरेका थिए । काठ कटान गरि बिक्री गर्ने र काठ कटान खरिद गर्ने दुईजना विरुद्ध मुद्दा दर्ता भएको हो । सामुदायिक बनमा काटिएको १ हजार ३ सय २२ क्यूफिट काठ भने बनमै छोडिएको छ ।बनमा रहेका रुख कटान गर्नुपूर्व उपभोक्ता समूहले काठ माग गरेको निवेदन संकलन गर्नुपर्ने, उपभोक्ता समितिको साधारणसभाले समूहबाट परेको निवेदनको बारेमा निर्णय गरि डिभिजन वन कार्यालयबाट काठ कटानको अनुमति लिएर मात्र काठ काट्न पाउँने बन ऐनमा ब्यवस्था छ । डिभिजन बन कार्यालय रामेछापमा बन फडानी भएको उजुरी परेपछि अनुगमनको क्रममा बन फडानी भएको पाइएपछि बन फडानी गरि काठ बेच्ने र किन्ने दुवैलाई मुद्दा लगाइएको डिभीजन बन कार्यालय रामेछापले जनाएको छ ।

 

डिभीजन बन कार्यालय रामेछापका प्रमख पदमराज नेपालले  नेतृत्वमा फडानी भएको बनको स्थलगत अनुगमन गरि सहायक वन अधिकृत दीपकप्रसाद रिमालको नेतृत्वमा रेन्जर भरत श्रेष्ठ सम्मिलित अध्ययन टोली गठन गरि फडानी भएको बनमा पुगि प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए । अध्ययन टोलीले बन फडानीमा बन उपभोक्ता समितिका अध्यक्ष र इलाका बन कार्यालय ठोसेका कर्मचारीको समेत मिलेमतोमा बन फडानी गरिएको प्रतिवेदन पेश गरेको आधारमा सामुदायिक वनका अध्यक्ष आङनिमा शेर्पा र काठ खरिद कर्ता सुन्दर कार्की विरुद्ध मुद्दा दर्ता भएको डिभीजन बन कार्यालय रामेछापले जनाएको छ । शेर्पा र कार्की दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय रामेछापका अनुसन्धान अधिकृत दीपकप्रसाद रिमालले जानकारी दिए ।

 

बन फडानी गर्न सघाउने ५ कर्मचारीसँग स्पष्टिकरण माग
गोकुलगंगा गाउँपालिका–२ ठोसेमा रहेको इलाका वन कार्यालयमा कार्यरत कर्मचारीले रस्नालुमा रहेको दिकीदाव्रे सेतिभिर सामुदायिक बनमा काठ कटान हुँदा रोक्नु पर्नेमा कुनै प्रतिक्रिया नै नदेखाई बसेको भन्दै डिभीजन बन कार्यालय रामेछापले ७ दिनभित्र स्पष्टिकरण पेश गर्न आफ्ना मातहतका ५ कर्मचारीलाई निर्देशन दिएको छ ।

ठोसेबाट एक घण्टाको दुरीमा रहेको सो सामुदायिक बनमा जगंलनै रिक्ताएर एकै क्षेत्रबाट ६७ वटा रुख कटान हुँदा पनि कर्मचारीले चासो नदेखाएपछि कर्मचारीको समेत मिलेमतो हुनसक्ने भन्दै इलाका वन कार्यालय ठोसेमा कार्यरत फरेष्टर अजय चौधरी, वन रक्षकहरु हरिकृष्ण कार्की, ओलकबहादुर कार्की, भुवन चौधरी र उमेशकुमार घलानलाई ७ दिनभित्र स्पष्टिकरण पेश निर्देशन दिइएको डिभीजन बन कार्यालय रामेछापले जनाएको छ । उनीहरुले कार्यालयलाई पहिलो पटक दिएको जवाफ चित्त वुझ्दो नभए तीन पटकसम्म स्पष्टिकरणको मौका दिइने र तीन पटकसम्म पनि चित्त बुझ्दो जवाफ नआएमा निजामती सेवा ऐन २०४९ को नियमावली २०५० बमोजीम कारबाही हुने डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत दीपकप्रसाद रिमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर