• ON AIR
  • स्टेशन सुभारम्भ

सञ्‍जेल र झापछि चर्चामा पाण्डे, घुस नखाने कर्मचारीलाई मन्त्रीले नसहेको आरोप

माघ ८, काठमाडौं-  ९ पुस २०७५ मा उपसचिव प्रेम सञ्जेलले प्रदेश १ मोरङको विराटनगरमा पत्रकार सम्मेलन गरे। अनि गुनासो पोखे “घुस खान नमानेपछि सरूवामा परेँ”। उनले आफूलाई अन्याय गर्नेमा विभागीय सचिवदेखि मन्त्रीसम्मको नाम जोडे। भलै यस विषयमा श्रम मन्त्रालयले आधिकारीक धारणा दिएको छैन।

 

दुई महिनामै सरुवामा पर्ने कर्मचारीको गुनासोस् : घुस खान नमानेपछि सरुवामा परेंँ

 पुसको दोस्रो हप्ताको पहिलो दिन अर्थात आइतबार उपसचिव सञ्जेल यस्तो आरोप लगाएको दुई सातापछि यस्तै घटना प्रदेशमा दुईमा पनि घट्यो। त्यहाँ सुरूवामा परेको गुनासो रहेन बरु मन्त्रीको चड्कन हानेको आवेग आयो। २९ पुसमा प्रदेश दुईका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले आफूमाथि मन्त्रीबाट कुटपिट भएको भन्दै मन्त्रीलाई नै नछाड्ने धम्की दिए।

उनको आरोप थियो “आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले भनेको एनजिओले काम दिने लिस्ट “सट लिस्ट”मा नाम नपारेको कारण आफूमाथि कुटपिट भएको। उनले आर्थिक अनियमितता पार्नको लागि बल गरिएको भन्दै प्रदेश २ बाट नै आफू सरूवा हुन चाहेको समेत गुनासो गरेका थिए।

 

मन्त्रीबाट सचिव कुटपटिको घटना छानबिन गर्न समिति गठन

एक सातापछि घुससँग नै जोडिएको अर्को गुनासो  क्षेत्रले प्रदेश ३ तर, संघीय राजधानी काठमाडौंमा देखियो।  यहाँ त कार्यसम्पादन मूल्यांकन फारम मै लेखियो “म घुस नखाने कर्मचारीलाई मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न पाइएन।”

खानेपानीमन्त्री र सचिवलाई सहसचिवको आरोप : म घुस नखाने भएकाले जिम्मेवारी पाइनँ  

अहिले सञ्जेल र झा जस्तै पाण्डे पनि चर्चामा छन्।  

असन्तुष्टि बढेको कि अन्याय :  विभिन्‍न अध्ययनहरूले देखाएको प्रतिवेदनअनुसार भ्रष्टचार धेरै गर्नेमा कर्मचारीको नाम अग्रपंतिमा देखिएको छ। प्रेम सञ्जेललगायत कतिपय कर्मचारीले कर्मचारीकै कारण भ्रष्टाचार बढेको समेत बताएका छन्। मन्त्री बनिसकेका दलका नेता तथा वर्तमान मन्त्रीहरूले नै कर्मचारीलाई अनुशासनमा राख्न नसकिएको, कर्मचारीकै कारण सुशासन कायम गर्न नसकिएको बताउँदै आएका पनि छन्। पूर्वमुख्य सचिव विमल कोइराला भने कर्मचारीलाई घुस खान्न भनेको कारण काम बिहीन भएको घटना बढ्नु दुखद् भएको बताउँछन्।

पूर्वमुख्य सचिव विमल कोइरालाले यसरी असन्तुष्टि बढेको बताउछन्। “यसरी बाहिर कुरा आउनु राम्रो हैन तर कर्मचारीको असन्तुष्टि बढेको छ” कोइरालाले भने “पहिले बोल्न डराउँथे अहिले बोल्न थालेका छन्।” स्वच्छ काम गर्ने कर्मचारी भए भ्रष्टचार घट्ने बताउँदै कोइरालाले भने “स्वच्छ मनोवल भएका कर्मचारीलाई राजनीतिक नेतृत्वले न्याकेको न्याकै गर्ने गरेका छन् यसको कारण नै असन्तुष्टि बढेको हो कि ?

कसले के गर्दै छन् :

नेपाल सरकारका उपसचिव सञ्‍जेल अहिले काम बिहीन छन्। उनले ५ पुसमा मन्त्रालयबाट सरूवाको पत्र आएपछि मान्य नभएको भन्दै असन्तुष्टि जाहेर गरेका छन्। सरूवामा परे राजीनामा नै दिने उनको दाबी छ। असोज १२ गते सरूवामा परेका उनी दुई मिनापछि विना कारण सरूवामा पठाइएको कारण जान नमानेको बताएका छन्। उनको दाबी छ ( घुस नलिएकै कारण आफूलाई कुनै कार्यलयमा लामो समय बस्न दिइँदैन।

उनले त्यसपछि भने ९ पुसमा आफ्नो सरूवा वदर गर्नको लागि सम्वन्धित मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषद्‍मा पत्र पठाए। त्यसको उत्तर नआएपछि माघ १ गते अर्को पत्र पठाए। अब पनि बदर नगरिए वा जानकारी नगराए कानुनी उपचार खोज्ने उल्लेख गरेका छन्। मंगलबार हामीसँग कुरा हुँदासम्म सरकारले त्यसको जवाफ फर्काएको छैन। बरू मन्त्रालयबाट सो कार्यलयमा गएर काम गर्नका लागि सहसचिवस्तरबाट उनलाई फोन गएको छ। उनी भने पहिलेको सरूवा बदरको पत्र नआएसमम्म मान्य नहुने बताउँदै आएका छन्। बदर नभए कानुनी उपचारमा लाग्ने सञ्‍जेलले बताए।

विभागीय मन्त्री नभइ अर्कै मन्त्रालयका मन्त्रीले आएर काम नगरेको भन्दै पिटाइ खाएको बताएका प्रदेश २ का सचिव विद्यानाथ झा भने अहिले सोही काममा रहेका छन्। उनले प्रदेश अर्थमन्त्री विजय यादवले भनेको एनजिओलाई काम नदिएको कारण पिटाइ खाएको बताएका थिए। प्रदेश कानुनमन्त्रीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ भने छानबिन समितिले अहिलेसम्म प्रतिवेदन तयार परेको छैन।

मंगलबारमात्रै आफ्नो असन्तुष्टि कार्यसम्पादन मूल्यांकनमा भरेका खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले आफूलाई काम दिँदा मन्त्री र सचिवको स्वार्थ पूरा नहुने भएको कारण काम नदिएको बताएका छन्। उनले अब मन्त्री र सचिवले कस्तो व्यवहार गर्छन् भन्ने विषय हरेर मात्रै बोल्ने प्रतिक्रिया दिएका छन्।

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र