• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

मन्थली बचतको हाल सम्मको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख

२७ असोज २०८०, शनिवार  
रामेछाप– मन्थली बचत तथा क्रण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०÷८१ मा ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद मुनाफा कमाएको छ । शनिबार मन्थलीमा आयोजना गरिएको उक्त सहकारीको २६ औं वार्षिक साधारणभाका अवसरमा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले उक्त नाफा भएको जानकारी गराउनु भएको हो ।
कुल १५ हजार ८२९ बढि सेयर सदस्य रहेको यस संस्थामा ९ करोड ५० लाख, १९ हजार ९ सय सेयर पँुजी रहेको बचत संकलनबाट प्राप्त ९१ करोड ७३ लाख ३९ हजार १ सय ४७ रुपैयाँ र ऋण लगानीबाट प्राप्त ७१ करोड ३५ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ प्राप्त भएको कोषाध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा जनाइएको छ ।
 त्यसैगरी संस्थाको हाल सम्मको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ यस ४४ रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो । सो अवसरमा संस्थाका सचिव हिमाल ढुंगेलले गत आर्थिक वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सचिव ढुंगेलले जिल्लाको अग्रणी सहकारीको रूपमा रहेको यस बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं कर्मचारीहरुको सक्रियता, ईमान्दारिता, लगनशीलता, कुशलताको कारणहरुले संस्थाको प्रगतिमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको थियो । सचिव ढुंगेलले मन्थली बचत उन्नति तथा प्रगतिमा तामाकोशी सेवा समिति को निरन्तर सहयोग रहेको बताउनु भयो । 
संस्थाका अध्यक्ष गोविन्द प्रसाद  घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्व समितिका प्रमुख चिना खड्का (कार्की)ले गर्नु भएको थियो । सो अबसरमा घिमिरेले सहकारीको अभियानले जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्थली बचतलाई पनि सोही अभियानमा अग्रसर हुन आग्रह गर्नु भएको थियो । उहाँले मन्थली सहकारीको पहिलो साधारण सभामा शेयर सदस्य संख्या ६८ जना रहेकोमा २६ औं साधारण सभा सम्ममा १५ हजार भन्दा धेरै सदस्य भएको बताउनु भयो । उहाँले मन्थली बचत तथा क्रण सहकारी संस्थालाई एशियाली स्तरको गुणस्तरिय सहकारी संस्थाको रुपमा स्थापित गर्न नेपाल बचत तथा क्रण केन्द्रिय सहकारी संघमा आवद्ध  भई एक्सेस व्राण्ड कार्यक्रममा उहभागी भै निरन्तर रुपमा कार्य गरिरहेको बताउनु भयो । 
संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षता, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की) को प्रमुख आतिथ्यता, मन्थली नगरपालिकाको प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको विशिष्ठ आतिथ्यता लगाएतको उपस्थितिमा  साधारण सभामा सम्पन्न गरिएको हो । 

 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण