• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापको छैटौँ नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रदेश सांसद श्रेष्ठ द्वारा उद्घाटन 

१२ पुस २०८०, बिहीबार 
रामेछाप– रामेछाप नगरपालिकाको नगर स्तरीय छैटौँ  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० सुरु भएको छ । बिहीबार रामेछापको टुँडिखेल मैदानमा  सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठ (बिगुल) ले गर्नु भएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सांसद श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएको बताउनु भएको छ । उहाँले खेलकुद विकासको गति सँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्व दिनु पर्नेमा जोड दिनुभएको छ । उहाँले खेल विकासको सुधारका लागि नीतिगत रूपमा रहेका जटिलताहरू फुकाउनु आवश्यक रहेको र त्यसका लागि आफू पनि सक्रिय रूपमा लागि पर्ने बताउनु भयो । 
प्रतियोगितामा विशिष्ट अतिथि समेत रहनु भएका बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने, रामेछाप नगरपालिकाकी उप प्रमुख बाल कुमारी कार्की थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे र नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष वद्री नयाँघरेले आ–आफ्नो धारणा राखेका थिए । 
सो अवसरमा नगरभित्र रहेका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको  सहभागिता रहेको थियो । कार्यक्रम उद्घाटन समारोहको अवसरमा सहभागी ११ विद्यालयहरूले प्रतियोगितात्मक  मार्च पास गरेका थिए । मार्च पासमा गौरीशङ्कर माविले सर्वोत्कृष्टता  हासिल गर्दै पुरस्कार र प्रमाण प्राप्त गरेको छ । ३ दिन सम्म सञ्चालन हुने सो प्रतियोगिता पौष १४ गते शनिवार समापन हुनेछ ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल