• ON AIR
  • स्टेशन सुभारम्भ

काँग्रेसकै कारण गठबन्धनमा खटपट, सरकार ढल्यो

२१ फागुन २०८०, सोमवार
रामेछाप– गएको फागुन ७ गतेदेखि ललितपुरमा भएको महासमिति बैठकले माओवादी–कांग्रेसबीच चिसिएको सम्बन्धमा थप भूमिका  खेल्न पुगेको देखिन्छ । बैठकमा कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको चर्को विरोध गर्दा हल तालीले गुञ्जायमान भयो । धेरै कार्यकर्ता गठबन्धनको विरोधमा देखिए । अब चुनावअघि गठबन्धन नगर्ने ’ग्यारेन्टी’ महासमितिको बैठकले गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई धेरैले प्रशंसा गरे । त्यस्तै उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रतिवेदनमा माओवादीको सशस्त्र युद्धलाई ‘हिंसात्मक युद्ध’ का रूपमा व्याख्या गर्दै त्यो युद्धले नेपाली समाज र विकासलाई पछाडि धेकेलेको उल्लेख थियो ।
यो विषयमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै असहमति जनाउनुभयो । देउवाले प्रतिवेदन सच्याउने आश्वासन दिएका समेत समाचार बाहिरिए । अर्को कुरा, नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका मोहनबहादुर बस्नेत दूरसञ्चार अनुगमन प्रणाली (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमिततामा जोडिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार बयानका लागि बोलाएको थियो । राजीनामा दिनु वा प्रधानमन्त्रीले हटाउनुको साटो मन्त्रीको झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएको भन्दै चौतर्फी आलोचना भयो । तर पनि कांग्रेसले बस्नेतलाई फिर्ता बोलाएन । मन्त्री बस्नेतका कारण सरकार नै बदनाम भएको भन्दै प्रचण्डले देउवासँग कुरा राख्नुभयो । देउवाले यो पटक पनि प्रचण्डलाई टेर्नुभएन ।
यस्तै अर्थतन्त्रमा निकै धेरै समस्या आउँदा पनि अर्थमन्त्री डाक्टर प्रकाशरण महतले पटक्कै सहयोग नगरेको प्रचण्डको गुनासो थियो । बारम्बार अर्थमन्त्री परिवर्तनको आग्रह पनि देउवाले बेवास्ता गर्नुभयो, प्रचण्ड झन् समस्यामा पर्नुभयो ।
गठबन्धन भत्कनुको अर्को पनि कारण छ, माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नै दाबी पेस गर्ने निर्णय गर्नु । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन ठिक्क परेको कांग्रेस झस्कियो । अब चाँडै सरकारको नेतृत्व छाड्ने भएकाले राष्ट्रिय सभाको अध्यक्ष आफूहरूले नै पाउनुपर्ने माओवादीको अडान थियो, कांग्रेसले अनौपचारिक तरिकाले यसलाई अस्वीकार गरिदियो ।
पछिल्लो समय त नेपाली कांग्रेसले शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा समेत निहुँ खोजिरहेको कुरा प्रचण्डले पार्टीका बैठकमै भन्न थाल्नुभएको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई असहयोग गरेकै कारण अहिलेको गठबन्धन ढल्न पुगेको स्पष्ट देखिन्छ । अब माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनाएका छन् । गठबन्धनमा अरू पनि थपिने सम्भावना छ । अहिले सरसर्ती हेर्दा एमाले र माओवादीले आधा–आधा कार्यकाल सरकार चलाउने देखिन्छ  । 

प्रतिकृया दिनुहोस

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र