• ON AIR
  • स्टेशन सुभारम्भ

विश्व वित्तीय सप्ताहको अवसरमा मन्थलीमा सचेतनामूलक र्‍याली

९ चैत २०८०, शुक्रवार
रामेछाप– विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा सचेतना मूलक र्‍याली गरिएको छ । मन्थलीमा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले आज मन्थली बजारमा र्‍याली गरेका हुन् । 
सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको साप्ताहिक कार्यक्रम यस वर्षको ग्लोबल मनी विकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।
 बालबालिका तथा युवाहरूमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरूमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ । बैङ्क तथा इन्स्योरेन्स समूह रामेछापको अग्रसरतामा ग्लोबल मनि विकका जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरूले मन्थलीमा सचेतना मूलक र्‍याली गरेका हुन् ।
सबै बैङ्क, लघु वित्त, सहकारी र इन्स्योरेन्सहरुका प्रमुख तथा प्रतिनिधि सहित सहभागीहरूले मन्थली नगरपालिका–१ भैशेश्वर चोकदेखि ट्राफिक बिटसम्म विभिन्न सचेतन मूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् । र्‍याली पछि देवकोटा चोकमा भएको कोणसभामा बोल्दै राष्ट्रिय वाणिज्य बैङ्क मन्थलीका प्रमुख मीनबहादुर भुजेलले बालबालिका र किशोर किशोरीहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले विश्व वित्तीय सप्ताह मनाइँदै आएको बताउनुभयो । बैङ्कहरू पैसा जम्मा गर्ने मात्रै नभई जम्मा भएको पैसालाई उत्पादन मूलक क्षेत्रमा लगानी भयो कि भएन भन्ने विषयमा पनि चिन्तित रहेको उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा