• ON AIR
  • स्टेशन सुभारम्भ

बागमती प्रदेशका सबै जिल्लामा माओवादीको जिम्मेवारी हेरफेर, को–को बने इन्चार्ज ?

१० चैत २०८०, शनिवार
रामेछाप– नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगरको इन्चार्ज हेरफेर गरी दिनु भएको हो ।
जसअनुसार रामेछापमा श्यामकुमार श्रेष्ठ, सिन्धुलीमा बुद्धिमान माझी, दोलखामा विशाल खड्का, काभ्रेपलान्चोकमा तेजबहादुर मिजार, धादिङमा पुष्पविक्रम मल्ल, रसुवामा कल्पना शर्मा, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतमलाई इन्चार्जको जिम्मा दिएको छ । 
यस्तै, काठमाडौँमा सूर्य पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलीप प्रजापति, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौँ महानगरमा मुक्तिनारायण प्रधान, ललितपुर महानगरमा राजकाजी महर्जन र हेटौँडा उपमहानगरमा प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको हो ।

 

प्रतिकृया दिनुहोस

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा