• ON AIR

प्रियंका र आयुष्मान सहित तीन जोडीको छमछमी, चङ्गा चेट गीत रिलिज

कमेडी जनराको चलचित्र ‘चङ्गा चेट’ को रमाइलो गीत रिलिज भएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी सहित सन्दिप क्षेत्री, पारामिता राणा, सुरक्षा पन्त र रविन्द्र झाको जोडीले छमछमी नाचेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको अफिसियल गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत तथा स्वर रहेको छ । उनलाई गायनमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले साथ दिएका छन् । हरिहर तिमिल्सिनाको शब्द रहेको यो गीतमा प्रविन सिंहले कोरियोग्राफी गरेका छन् ।

विगत दश वर्ष देखि फिल्म मेकिङमा लागेका माधव वाग्लेले यो चलचित्रको निर्माण गरेका हुन् । यसै फिल्मका लागि प्रयोग गरिएको नक्कली नोट व्यवसायिक प्रयोजनमा खर्चिएको भनि उनलाई केही समय पहिले जेल चलान गरिएको थियो । समारोहमा बोल्दै उनले भने, ‘चलचित्र चङ्गा चेट जस्तै मेरो रियल लाइफमा पनि कता कता केही समय पहिलेको घटना मिलेको जस्तो लाग्छ । न्यायलयबाट न्याय पाउने आशा गरेको छु ।’

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यो चलचित्रलाई डार्क कमेडी भन्न रुचाए । नायिका प्रियंका कार्कीले निर्देशकको तारिफ गरिन् भने यसमा आबद्ध अन्य कलाकारको काम निकै मन परेको बताइन् । नायक आयुष्मान देशराजले सुटिङमा सन्दिप क्षेत्री र रविन्द्र झाले निकै हसाएको पल स्मरण गरे । यता कलाकार सन्दिप क्षेत्रीले आफूलाई जबरजस्त ¥याप गाउन लगाएको भन्दै त्यो ¥याप आफैले अहिले सम्म नबुझेको तर्क गरे । सुरक्षा पन्तले विगत देखि नै आफ्ना हरेक प्रोजेक्टमा निर्देशक खनालले विश्वास गरेर लिएको भन्दै धन्यवाद प्रकट गरिन् । रविन्द्र झाले चलचित्र मनोरञ्जन बनेको दाबी गरे ।

चलचित्र आगामी कात्तिक १६ गते रिलिज हुँदैछ । फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्रीप, अर्पण थापा, शिशिर बाङ्देल, माओत्से गुरुङ, प्रियंका कार्की, पारामिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, सरिता गिरी, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ । माधव वाग्ले र शर्मिला पाण्डेले फिल्ममा लगानी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार  रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म