• ON AIRनेपाल दर्पण (उज्यालो)

कुटाइ खाएका ट्याङ्कर चालकको आन्दोलन फिर्ता

मंसिर ४,काठमाडौं– भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को १ ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए ।

 

ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए । सोमबार भारतको जोगवनीमा नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा नेपाली चालकमाथि दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि सोमबार साँझबाट इन्धन ढुवानी सुचारु भएको हो ।

 

वार्तामा विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौला र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ प्रदेश नं १ का अध्यक्ष केशव आचार्य सहभागी थिए । आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुनाका साथै नेपालबाट इन्धन लिन गएका १७० ट्याङ्कर भारतको बथनाहा, मीरगञ्ज र जोगवनीमै रोकिएका थिए ।

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन