• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

मन्थलीको शुभलक्ष्मी हार्डवेयरमा प्रशासनको शीलबन्दी

मंसिर १३, रामेछाप– जिल्लाको सदरमुकाम मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सप्लायर्समा जिल्ला प्रशासन कार्यालय रामेछापले शीलबन्दी गरेको छ । बजार अनुगमनको क्रममा हार्डवेयर सञ्चालकले व्यवसाय नविकरण नगरेको, म्याद गुज्रेका सामाग्रीको भण्डारण र बिक्री वितरण गरेको, राजस्व नतिरेको, फर्जी बील प्रयोग गरेको र हिसाब नराखि सामान बिक्री गरेको पाइएपछि हार्डवेयर पसलमा शील लगाइएको हो ।


अनुगमनको क्रममा ब्यवसायिलाई कम्जोरी सच्याउन जिल्ला प्रशासन कार्यालयले २ पटकसम्म दिएको निर्देशनको पालना नगरेको र बजार अनुगमन प्रतिनिधमाथि नै गालीगलौज र दूब्र्यवहार गरेपछि पसलमा शीलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले जानकारी दिए । हार्डवेयर पसलले पूरा तौल नभएको सिमेन्ट, पूरा तौल र ट्यागविनाको रड बिक्री गरेर उपभोक्तलाई ठगी गरेको पाइएको पनि अनुगमन समितिले जनाएको छ ।

 

 

बजार अनुगमनको क्रममा हार्डवयरको भण्डारमा रहेका म्याद नाघेका इनामेल लगायतका निर्माण सामाग्री अनुगमन प्रतिनिधिले उठाएपछि अनुगमन प्रतिनिधि र ब्यवसायिबीच सामान खोसाखोस समेत भएको थियो । पसल शीलबन्दी गर्न पुगेको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको अनुगमन टोलीसँग ब्यवसायि सिताराम श्रेष्ठले आफ्नो कम्जोरी भएको स्वीकार गरेका छन् । घरेलुमा नविकरण नहुनु, बिक्री केन्द्रमा म्याद गुज्रिएका सामाग्री राख्नु आफ्नो कम्जोरी भएको उनले स्वीकार गरेका हुन् ।हार्डवेयर पसल शीलबन्दीसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले ७ दिने सूचना दिएर ब्यवसायिलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

वनमा लागेको आगो घरमा सल्किँदा रामेछाप चौकी टारकी रमिता तामाङको मृत्यु

२० वैशाख २०८१, बिहिवार रामेछाप– वनमा लागेको आगो घरमा सल्किँदा रामेछापको चौकी टारमा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो वनमा लागेको आगो घरमा

लेखापरीक्षणमा समस्या हुँदा समयमा औषधी खरिद गर्न सकेनौंः स्वास्थ्य शाखा प्रमुख महतो

२० वैशाख २०८१, बिहीबार रामेछाप– लेखापरीक्षणमा समस्या हुँदा दोरम्बा सैलुङ गाउँपालिकाले समयमा औषधी खरिद गर्न नसकेको स्वीकार गरेको छ ।  चालु आर्थिक

स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधी छः स्वास्थ्य शाखा प्रमुख सुनुवार 

१९ वैशाख २०८१, बुधवार रामेछाप– उमाकुण्ड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधी भएको पाइएको छ ।   गाउँपालिका अन्तर्गतका