• ON AIRनेपाली खवर (NRN)
  • साझा खवर (CIN)

कोदालोले खनेर गाउँपालिका अध्यक्षले नै भत्काइदिए निर्माणाधीन भवन

पुस १९, खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौला आफैले भत्काउनुभएको छ । तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुब कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भवन भत्काउनुभएको हो ।

 

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफू खुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताउनुभयो । प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायतको भाग भत्काइ दिनुभएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भवन भत्काएर पुनः निर्माण गर्न आग्रह गर्नुभएको छ । भवनको भुइँतलामा ढुङ्गा बिच्छ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताउनुभयो ।

 

भुइँमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ । निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रो पटक थपिएको अवधि समेत गएको मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एक तले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन