• ON AIR

गोकुलगंगामा एकिकृत घुम्ती शिबिर हुने 

पौष २२,मन्थली– रामेछापको गोकुलगंगा गाउँपालिकामा २ दिने घुम्ती शिविर सञ्चालन हुने भएको छ । गोकुलगंगा गाउपालिकाको वडा नम्वर ३ रस्नालुको आयोजनामा यहि  पौष २६ र २७ गते हुन लागेको शिविरमा गाउँपलिकाका नागरिकले प्रशासनिक सेवा सहज रुपमा पाउनेछन् । २ दिनसम्म चल्ने शिविरमा नागरिकता वितरण,मतदाता नामावली संकलन तथा व्यवसाय नविकरण लगाएत जिल्ला प्रशासन कार्यालय, जिल्ला निबार्चन कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिबाट प्रवाह गरिने सेवाहरु लिन सकिने छ ।  पछिल्लो समय ग्रमिण भेगका नागरिकको सहजताका लागी जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका स्थानिय तहहरुसंगको समन्वयमा विकट क्षेत्रहरुमा एकृकित घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।


केहिदिन अघि मात्रै पनि रामेछाप प्रशासनले रामेछाप नगरपालिकासंगको समन्वयमा नगरपालिकाको वडा नम्वर ३ साँघुटारको थाक्लेमा २ दिन सिविर सञ्चालन गरेको थियो । १८ र १९ गते सञ्चालन गरिएको सिविरमा नगरपालिकाको ३ वडाका १ सय ३६ जनाले नयाँ नागरिकता लिएका थिए भने १२ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको सक्रियतामा जिल्लाका विभिन्न ठाउँमा घुम्ति शिविर सञ्चालन हुन थालेपछि नागरिकहरुलाई प्रशासनिक कार्यको लागी सदरमुकाम मन्थली आउनुपर्ने बाध्यता क्रमशः हट्दै जान थालेको छ । 
 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका