• ON AIRफिल्मी गितहरु
  • कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)

नमुनादीपको नमुना निर्णय : विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

पुष २४,मन्थली– रामेछाप जिल्लास्थित नमुनादीप युवा क्लब, सैपुले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । क्लबको दोस्रो कार्यसमितिको बैठकले ७ वटा विद्यालयका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।   क्लबका अध्यक्ष राजन बस्नेयतका अनुसार जिल्लाको लिखु–तामाकोशी गाउँपालिका–२ सैपुको कालिकादेवी आधारभूत विद्यालय,  अरुणोदय मावि, शहिदस्मृति मावि, चण्डेश्वरी माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

त्यसैगरी  दुरागाउँको त्रिपुरेश्वर मावि र शङकरेश्वरी आधारभुत विद्यालय, ओखलढुङ्गा लेतिको लेति माविका विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए । क्लबले प्रत्येक विद्यालयका १÷१ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई ५ हजार र विद्यालयको सर्वोत्कृष्ट १–१ जना विद्यार्थीलाई १० हजार रकम प्रदान गर्ने निर्णय गरेको छ ।


विभिन्न खेलकुद प्रतियोगिताको आयोजना समेत गर्दै आएको सो क्लबले माघ मसान्तभित्र सैपु, दुरागाउँ र लेतिका विभिन्न स्थानमा खेलकुद सामाग्री प्रदान गर्ने निर्णय पनि गरेको छ । क्लबले आगामी दिनहरुमा छात्रवृत्ति,खेलकुदसंगै आयआर्जन, सामुदायिक विकास,सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना