• ON AIRराष्ट्रिय गितहरु
  • नेपाल खवर (उज्यालो)

ट्रिफरको ठक्करबाट सव–ईन्जिनियर घाईते

पुष २६,मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–६, खिम्तीमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाईते भएका छन् ।  बुधबार सदरमुकाम मन्थलीबाट खिम्तीतर्फ जाँदै गरेको बा २ ख ९७२२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २०४७ नम्बरको ट्रिफरले ठक्कर दिँदा मोटरसाइकल चालक मन्थली नगरपालिका–१का ४७ वर्षीय कृष्णदास श्रेष्ठ घाइते भएका हुन । उनको हात र खुट्टामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


मन्थली नगरपालिकाको वडा नम्बर ११ र १२ मा सव इन्जिनियरको रुपमा कार्यरत श्रेष्ठ खिम्ती हुँदै भण्डारेबेसीमा भइरहेको सडकको काम हेर्न हिडेका बेला  ट्रिपरले ठक्कर दिएको वडा नं. १२ का वडाअध्यक्ष कृष्णहरी अधिकारीले जानकारी दिए । घटना लगत्तै श्रेष्ठको उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी काठमाण्डौ पठाईएको रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका