• ON AIRआध्यमत्मिक ज्योती
  • नेपाली खवर (NRN)

समायोजनमा जान चाहने कर्मचारीले फारम भर्ने आज अन्तिम दिन 

माघ २,काठमान्डौ– संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अहिलेसम्म ७३ हजारभन्दा बढी कर्मचारीले अनलाइन फाराम भरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले समायोजनमा जान चाहने कर्मचारीका लागि फारम भर्न २१ दिनको समय दिएको थियो । मन्त्रालयका अनुसार आज राती १२ बजेसम्म कर्मचारीले फारम भर्न सक्नेछन् । समायोजन फाराम भर्ने कर्मचारीको संख्या आजसम्म करिब ७५ हजार पुग्ने देखिएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताउनुभयो । ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएका उहाँको भनाइ छ ।


अध्यादेशले वृत्तिविकास रोकेको भन्दै आन्दोलित भएका कर्मचारीलाई सरकारले संघीय निजामती कर्मचारी ऐनमा उनीहरुको माग समेटिने घोषणा गरेपछि कर्मचारी समायोजनमा जान तयार भएका हुन् । मन्त्रालयका अनुसार परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका करिब ४ हजार कर्मचारी स्वतः संघीय सरकारमा रहने भएकाले उनीहरू समायोजन प्रक्रियामा जानु पर्दैन।

 

यसैबीच,स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी नै परिचालन गर्नु परेको छ । उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । 
 

प्रतिकृया दिनुहोस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

१९ वैशाख २०८१, बुधवार रामेछाप– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख २०८१, मंगलवार रामेछाप–  इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको