• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार लाचार

माघ ८,रामेछाप– रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २ दिमिपोखरीस्थित उपस्वास्थ्य चौकी भवन र वडा कार्यालयकै आँगनमा रहेको सामुदायिक भवनमा खुलेआम भट्टी पसल चल्दा स्थानीय मर्कामा परेका हुन् । उपस्वास्थ्य चौकी र वडा कार्यालयको आँगनमै वर्षाैदेखि भट्टी पसल चल्दा स्थानीय निकाय र प्रशासनले कुनै मतलब नगरेको पीडित र स्थानीयले गुनासो गरेका छन् ।

 

किराना पसलका लागि भन्दै धावा घिसिङ लामाले ३ वटा कोठामा वर्षाैदेखि भट्टी पसल चलाएका हुन् । वडा नं. २ का वडा अध्यक्ष कमलबहादुर केसीले स्वास्थ्य चौकीको आँगनमा भट्टी पसल चलिरहेको स्वीकार गर्दै गाउँलेले गुनासो समेत गरेको बताउनुभयो । यता सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले आफूले कसैगरे पनि भट्टी पसल हटाउन नसकेको भन्दै लाचारी व्यक्त गर्नुभयो । वर्थिङ सेन्टर पालमा चलाएर स्वास्थ्यचौकीको आँगनको सामुदायिक भवनका ३ वटा कोठा ओगटेर बसेको भट्टी पसल हटाउन आफूले प्रहरी, प्रशासनलाई पटक पटक भनेपनि नसकेको अध्यक्ष लामाले बताउनुभयो । नाता र विभिन्न कारणले स्वास्थ्यचौकीको आँगनमा रहेको भट्टी पसल हटाउन नसकेको भन्दै अध्यक्ष लामाले प्रशासनलाई खबरदारी गरिदिन सञ्चारमाध्यमलाई नै आग्रह गर्नुभएको समाचार उत्पादक निगरानी समुह रामेछापले जनाएको छ । 


यता रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विद्यालय, स्वास्थ्यचौकी जस्ता कार्यालय वरपर नै मदिराजन्य होटल खोल्न नपाइने भन्दै यस्तो गैरकार्य रोक्ने बताउनुभयो । दिमीपोखरीको स्वास्थ्य चौकीको आँगनमा भट्टी पसल रहेको आफूलाई थाहा नभएको भन्दै उहाँले त्यस्तो पाइए तत्कालै सो पसल हटाउन प्रशासन लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
 

प्रतिकृया दिनुहोस

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना