• ON AIRस्टेशन सुभारम्भ
  • आध्यमत्मिक ज्योती

रामेछापको केउरेनी विर्ता पुगेका इन्जिनियर वाग्लेको अनुभूति


१० माघ २०७८, सोमबार
  
 धेरै दिन पछि सायद २ वर्षभन्दा पनि धेरै समय पछि फेसबुकमा लेख्दैछु । केहि दिन अघि रामेछाप जिल्ला प्रशासन कार्यालयमा विद्युतलाइन विस्तारको क्रममा ज्ष्–तभलकष्यल ीष्लभ मा घर परेका घरहरुको क्षतिपूर्ति सम्वन्धी बैठक थियो ।
    रामेछाप जिल्लामा आए पश्चात यो नै मेरो कार्यालय बाहिरको कामका सम्वन्धमा पहिलो औपचारिक वैठक थियो । वैठकको समापन पश्चात प्रमुख जिल्ला अधिकारी ज्यूलाई शहरी विकास मन्त्रालय, विभाग र हाम्रो कार्यालयको कार्यक्षेत्रका सम्वन्धमा जानकारी गराउने क्रममा प्रमुख जिल्ला अधिकारीज्यूले रामेछाप जिल्लामा थुप्रै जोखिमयुक्त वस्तीहरु रहेको प्रसंग उठाउनु भयो र २०७८ माघ ७ गते सदरमूकामबाट गाडीमा करिव २ घण्टा समय लाग्ने तामाकोशी लिखु गाउँपालिका वडा नं. ६ स्थित केउरेनी विर्ताको स्थलगत अवलोकन गर्ने कार्यक्रम बन्यो ।
    तय कार्यक्रम अनुसार नै प्रमुख जिल्ला अधिकारी ज्यू, प्रहरी नायव उपरीक्षक ज्यू, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत हाम्रो कार्यालयका केही साथीहरु संलग्न रहेको टोलिले केउरेनीको स्थलगत अवलोकन गरियो । हाम्रो गाडीमा एक जना साथी हुनु हुन्थ्यो उहाँले उक्त गाउँमा २०५१ सालमा पहिरो पिडितलाई राहत वांडेर फर्किदा झण्डै खोलाले नबगाएको र ढुंगाको चेपमा अड्केर आफ्नो ज्यान जोगिएको अनुभव सुनाउंदै हुनुहुन्थ्यो र संयोग पनि कस्तो पर्यो भने रामेछाप जिल्ला पानी कम पर्ने जिल्ला भएता पनि आज नै फर्किने वेलामा मजैले पानी परी बाटोबाट ठूलै भेल वगिरहेको थियो ।
    पहाडको टुप्पोमा रहेको विद्यालय भवन त्यति बेला भवन अगाडी ठूलो खेल्ने चौर थियो रे अहिले भवन अगाडीको सानो वरण्डाबाट नानीबावुहरु पहिरोमा खस्लान भनेर बाँसको पातलो कुहिएका भाटाले छेकवार लगाइएको रहेछ सायद यो भवनले अर्को वर्ष पनि देख्न पाउँदैन होला ।
    पहिरोको अलि पर मिलेको भिरालोमा पहेलै तोरी फुलेको वारी, हरीयै लेकाली आलुका स–साना बुट्यान, भूकम्प पछिको पुनर्निर्माणबाट बान्कि मिलाएर बनाइएका निला टिनका छाना भएका एकतले घरहरु, उक्त घरहरुको बीचबीचमा भुकम्पले पनि ढाल्न नसकेका पुराना हेर्दै आफ्नो वाल्यकालको याद दिलाउने केही पहाडी शैलीका पुराना घरहरु र बस्तीको ठीक बीचमा आधुनिकताको प्रतिक तरेली परेको धुले मोटरबाटो सहितको आकर्षक वस्ती । साँच्चिकै यस्तो डाडाँको टुप्पोमा रहेको, धेरै भिरालो पनि नभएको, बीचबीचमा ठूला ठूला गराहरु भएको वस्ती पनि जोखिमयुक्त हुन्छ र जो कोहिको पनि मनमा आउने पहिलो विचार यस्तै हुन सक्छ ।
    मैले माथि किन २०५१ सालको प्रसंग उठाएको बुझिसक्नु भयो होला कथा र पिडा २०५१ बाट शुरु भएको रहेछ । त्यतिबेला केउरनीमा करिव डेड सय जति घर थिए रे त्याहाँको वस्ती भक्तपुरको भित्रि शहर जस्तै बाक्लो थियो रे तर हाल वस्तीमा मुस्किलले ३५–४० घर होलान् । सक्ने र हुने खानेहरु कोही काठमाण्डौ तिर कोही मन्थली तिर लागेछन् अलि कम ल्याकत हुनेहरु वेसी तिर झरेछन् ।
    दुखजिलो गरेर थोरै पूंजि बचत गरेकाहरु भुकम्प पछि जग्गा किनि पुनर्निर्माणका लागि प्राप्त अनुदानले घर बनाएर केही पर सरेछन् र कुनै उपाय नभएकाहरु विना निद्रा त्यही वसिरहेका रहेछन् । पहाडको टुप्पो, चिसो ठाउँ, पानी परेको समयमा त घर नै छोडेर नजिकैका घरहरुमा शरण लिएर बस्ने गरेका रहेछन् । हामी जस्ता दशौं टोलिले भ्रमण गरिसकेका रहेछन् । एक पटक आउँने आश्वासन दिने, जाने र विर्सिने । हामी प्रति पनि पिडीत जनताको स्वभाविक आक्रोश पनि थियो र आशा पनि ।
    म भूगर्भविद हैन र आँखाले हेरेर यो नै हो भन्न सकिने अवस्था पनि छैन । यस सम्वन्धी विज्ञहरुले आएर एक पल्ट अध्ययन गरी वस्ती सुरक्षाको लागि केही उपायहरु गरिदिए आफ्नो थातथलो छोड्नु पर्थेनकी भन्ने बाँकि रहेका पिडितहरुको भनाइरहेको रहेछ तर यो संभव जस्तो भने देखदैन । करिव २०० मिटर लम्वाइ र त्यतिनै चौडाइ (ख्भचतष्अब िक्यिउभ तर्फ) को पुरै जमिनको सतह नै विस्तारै तल तर्फ सरीरहेको रहेछ र यो वार्षिक करिव आधा मिटरले सर्छ भन्ने जानकारी पाइयो ।
    वस्तीको तल तिल्पुंग खोला रहेछ र खोलाको नजिकैबाट २०५१ तिर नै ठूलो पहिरो गएको काण विस्तारै विस्तारै पुरै वस्ती नै तल तर्फ सर्दै गएको रहेछ । डाडाँको टुप्पोको अर्को तर्फको ढलानको प्लेनमा रहेको जमिनको तुलानामा पहिरो गएको प्लेन तर्फ करिव ५–६ मिटर जमिन तल तिर सरि सकेको देखिन्छ र ठाउँ ठाउँमा स्पष्ट धाँजा फाटेको समेत देख्न सकिन्छ ।
    हालै मात्र पुनिर्निर्माणबाट बनेका भवनहरुको समेत जमिनको ग्लभत्रगब िःयखझभलत का कारण ठाउँ ठाउँमा भूईं र गारोहरु चर्कीसकेको समेत स्पष्ट देख्न सकिन्छ । पहिले एउटै लेभलमा रहेको गराहरु विभिन्न लेभल मा रहेको देखिन्छ । के कारणले यस्तो भइरहेको छ ? खानी तथा भूगर्भ विभाग वा यस सम्वन्धी विज्ञहरुले एक पटक अध्ययन गरिदिए हुने थियो ।
    लामो समय विभाग र मन्त्रालयमा बसेर काम गरें अझ योजना शाखामा नै । बाँके, बर्दीया, सुर्खेत, डडेल्धुरा लगाएतका केही जिल्लाका बाढी पहिरो पिडितले राहतको खोजिमा वर्षौसम्म विभाग, मन्त्रालय, योजना आयोग र अर्थ मन्त्रालय धाएको पनि देखेको छु । लामो समयको प्रयास पछि सायद उहाँहरुले केही सहयोग पाउनु पनि भयो जस्तो लाग्छ । तर केही अपवाद बाहेक केउरेनी जस्ता वस्तीहरुको अध्ययन गर्ने, स्थानान्तरण गर्ने, पुनर्स्थापना गर्ने जस्ता कार्यक्रम माग भएको सायदै देंखे । माग भएको भए पनि शाखाको कुन फाइलमा आ.का. लेखेर थन्किएको होला । मेरो विभाग र मन्त्रालयमा मैले पनि सहयोग लागि प्रयास गर्ने छु भन्दै अरुले जस्तै हामीले पनि केही आश्वासन दियौ र फर्कियौं ।
    नजिकै ५ मिनेट जति को दुरीमा सम्म परेको सुरक्षित निजी जग्गा रहेछ । केही व्यक्तिहरु सो ठाउँमा सरि पनि सकेका रहेछन् । व्यवस्थित रुपमा उक्त स्थानमा वस्ती विकास गर्न सकेमा वरी परि छरिएका घरहरुलाई समेत सार्न सकिने देखिन्छ । यस कार्यमा विभाग, मन्त्रालय लगायत सम्वद्ध सबैबाट सहयोगको अपेक्षा राखेको छु ।
    लेखक सुरेश वाग्ले सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर हुन् ।
 

प्रतिकृया दिनुहोस

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

१० चैत २०७९, शुक्रवार रामेछाप– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने

संविधानलाई भष्म पार्ने प्रयास

महेश आचार्य १२ असोज, २०७९ वितेका केही दिनदेखि नागरिकता विधेयकका विषयमा व्यापक बहस छ, जुन अस्वाभाविक ढंगले सत्य भन्दा पनि तल गएर प्रचारात्मक ढंगले

जनप्रतिनीधिको खर्च विवरण र आयोगको निर्णय

वृषेशचन्द्र लाल १२, असोज २०७९ निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी भएका १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारहरुलाई निर्वाचनको खर्च विवरण बुझाउन