बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै
११ चैत २०८०, आइतवार र
रामेछाप– बागमती प्रदेश युवा परिषद्ले युवालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न आवेदन खुल्ला गरेको छ ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती र जिल्ला युवा समिति रामेछापले विभिन्न क्षेत्रको सीपमूलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।
“सृजनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण” भन्ने मूल नाराका साथ बेरोजगार युवा जनशक्तिहरूलाई श्रम बजार अनुकूलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति रामेछापका अध्यक्ष तिलक थापामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित जिल्ला युवा समिति रामेछापको कार्यालयमा फाराम बुझाउन समेत थापामगरले जानकारी आग्रह गर्नु भयो ।
फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्म मार्फत आवेदन दिनको लागि https://forms.gle/ytvfwuiJ1Whw5NLeAमार्फत दिन सकिनेछ । सो तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुनेछ ।
तालिमका विषयहरू
आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो
१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले
रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो
३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना
रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए
२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका
प्रतिकृया दिनुहोस