• ON AIRलोक संगम (प्रशान्त हायू)
  • तिफदी समाचार By Rajeeb

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार
रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको कपनमा भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८–२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौँ पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिनु भएको छ ।
यसैविच, लिखु भुजी रामेछाप युवा क्लब ९लिभुरा०ले तेस्रो स्थान हासिल गरेको छ । साथीको चिया अड्डालाई ६–४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो । महासचिव पौडेलका अनुसार उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआवाईसी० ले शिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ। यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब ९लिभुरा०ले २० हजार रुपैयाँ, मेडल पुरस्कार प्राप्त गरेका छन् ।
रामेछाप–काठमाडौँ पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्ला भरिबाट १७ टोलीले सहभागिता थियो। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउट प्रतियोगिता शनिवार र आइतबार सञ्चालन गरिएको थियो। रामेछाप जिल्लाबाट काठमाडौँ उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल, नेपाल खेलकुद महासङ्घ ९नेकोस० बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । प्रथम संस्करणमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राई ब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले  उपाधि जितेको थियो ।

 

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीले जित्यो 

२७ माघ २०८०, शनिवार रामेछाप–  मन्थली नगरपालिकाको आयोजनामा भएको दोस्रो मन्थली नगर कप भलिबल प्रतियोगिता–२०८० को उपाधि वडा नं ७ भटौलीले जितेको छ