• ON AIRनेपाल खवर (उज्यालो)
  • आधुनिक गितहरु

तेस्रो पटक बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त

२० चैत २०८०, मंगलवार
रामेछाप– बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको हो । मत विभाजनका क्रममा उहाँको प्रस्तावको पक्षमा ५६ मत खसेको छ । यस्तै उहाँको विपक्षमा  ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।
एक सय १० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए । उहाँलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको पक्षमा मत दिएका थिए ।
२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ साल माघ ३ गते पहिलो पटक र त्यही वर्षको चैत १० गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

१९ वैशाख २०८१, बुधवार रामेछाप– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख २०८१, मंगलवार रामेछाप–  इलाम क्षेत्र नं. २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको