• ON AIR

उपनिर्वाचनका लागि इलाममा मनोनयन पत्र दर्ता 

२४ चैत २०८०, शनिवार
आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि इलाम २ मा आज मनोनयन पत्र दर्ता गराइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नम्बर २ मा र प्रदेश सभातर्फ बझाङ १ मो उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ ।
 इलाम २ मा नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेसनका मनबहादुर लिम्बू, पहिचान पक्षधरबाट डेकेन्द्रसिंह थेगिमलगायतले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । माओवादी केन्द्रले भने एमाले उम्मेदवारलाई सहयोग गर्ने भन्दै मनोनयन दर्ता गराएको छैन ।
 आजै बेलुका ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । भोली बेलुका ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ । चैत २६ गते साँझ ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र चैत २७ गते उम्मेदवारको नाम फिर्ता उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम छ । यी २ क्षेत्रमा आगामी वैशाख १५ गते मतदान हुनेछ । 

 

प्रतिकृया दिनुहोस

अलपत्र आयोजनाप्रति गृह मन्त्रालयको एक्सन, विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– अलपत्र आयोजनाप्रति गृह मन्त्रालयले एक्सन लिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र आयोजनाको

२८ जना सहसचिवको सरुवा, भरतपुर र ललितपुरका प्रमुख प्रशासकीय अधिकृत पनि फेरिए 

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– सरकारले २८ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिव सहति २ महानगरपालिकाका प्रमुख

आज नयाँ वर्ष, २०८१ सालको पहिलो दिन

 १ वैशाख २०८१, शनिवार रामेछाप– आज वि.सं २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।  नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन