• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार
रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर खाँडादेवी  गाउँपालिका–८ भदौरेमा दुर्घटना भएको हो । 
दुर्घटनामा परि २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीय एलिशा भण्डारी र १४ वर्षीय यमुना भण्डारी घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारको लागी काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
 प्रहरीको अनुसार दीपेन्द्र भण्डारीको छाती र मुखमा चोट लागेको छ भने एलिशा र यमुना भण्डारी दुवैको हातखुट्टामा सामान्य चोटा लागेको छ ।  घाइते दिदी बहिनी एकै परिवारका हुन् । चालक वर्ष २२ का विष्णु भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको छ । दुर्घटना भएको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको छ ।

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गयो

१४ वैशाख २०८१, शुक्रवार रामेछाप– आगोले जलेर गम्भीर घाइते भएकी रामेछापकी महिलाको ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ गेलु काउले