• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार
रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका विभिन्न जिल्लाका १ सय ५७ जना प्रावि शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र वितरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ  ।
जस अनुसार मन्थली नगरपालिकामा २१ जना, रामेछाप नगरपालिकामा १६ जना, खाडाँदेवि गाउँपालिकामा २७ जना, सुनापति गाउँपालिकामा १५ जना, दोरम्बा गाउँपालिकामा ३० जना, लिखु तामाकोशी गाउँपालिकामा १९ जना, गोकुलगंगा गाउँपालिकामा ६ जना र उमाकुण्ड गाउँपालिका भित्र २३ जना शिक्षकहरूलाई नियुक्ति दिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी वालकृष्ण ढुङ्गेलले जानकारी दिनु भएको छ । 
नियुक्ति दिएको कुल शिक्षकहरू मध्य ९९ जना रामेछाप जिल्ला बाहिरका र ५८ जना शिक्षक जिल्ला भित्रका रहेको सूचना अधिकारी ढुङ्गेलले बताउनु भयो । 

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

नेपाल पब्लिक क्याम्पस संघ रामेछापका अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित 

१५ पुष २०८०, आइतवार   रामेछाप–नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११  सदस्यीय नयाँ