• ON AIR
  • स्टेशन सुभारम्भ

नगरपालिकाको शिक्षक सरुवाको निर्णयप्रति नेविसंघको ध्यानाकर्षण 

असोज २,रामेछाप– रामेछापको मन्थली नगरपालिकाको नगर शिक्षा समितिले गरेको नगरभित्रका  शिक्षक सरुवाको निर्णय आलोचित र विवादित बनेको छ । नगरभित्रका ६९ जना शिक्षकहरुको नगर शिक्षा समितिले एकैपटक सरुवा गरेपछि शिक्षकहरुका पेशागत संग संगठन र विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै विरोध गरेका छन् । 


नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ईकाईले पनि शिक्षक सरुवाको निर्णय अवैधानिक र मनोमानी भएको भन्दै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै नगरपालिकाले गरेको शिक्षक सरुवाले नगरभित्रका विद्यालयमा अध्ययन गरिरहेका लगनशिल विद्यार्थीहरुलाई आक्रोशित बनाएको जनाएको छ । विद्यार्थीको पठन–पाठनमा प्रत्यक्ष असर पर्ने गरि नगरपालिकाले गरेको  शिक्षक सरुवाको निर्णय सच्याउन माग गर्दै नेविसंघ क्याम्पस ईकाई समितले निर्णय फिर्ता लिनका लागी नगरपालिकासंग पहल गरिदिन पनि सम्वन्धित निकायसं आग्रह गरेको छ । 


यसअघी नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन काँग्रेसले पनि अवैधानिक सरुवा गरेको भन्दै बिरोध जनाएका थिए । नगरपालिकाकै केहि वडाहरुले पनि विद्यालयको पठनपाठन नै ठप्प हुने गरि शिक्षकहरुको सरुवा गरीएको भन्दै निर्णय कार्यान्वयन हुन नदिने बताएका थिए । 
 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका