पार्टीलाई एक ढिक्का बनाएर मात्रै राजनितिबाट विश्राम : सभापति देउवा
कात्तिक १७,काठमान्डौ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट काँग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दसैँ, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्न काँग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताउनु भएको हो ।
तीन तहको निर्वाचनपछि काँग्रेसले अपेक्षित मत ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने देउवाको भनाइ छ । उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो ।
काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक निर्वाचन जित्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी
१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी
वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल
रामेछाप- २७९ पौष २०८०, शुक्रबार “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ
चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी
६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन
प्रतिकृया दिनुहोस