• ON AIRनेपाल दर्पण (उज्यालो)

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार
चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो । 
भेटमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न नेपालसँग विकास रणनीतिको डकिङलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिनुभयो । प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गर्नुभएका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको र अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई अझ न्यायोचित र तर्कसंगत दिशामा अघि बढाउन, विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनु भएको छ । मानवजातिको लागि साझा भविष्यको साथ समुदायको निर्माण आफु लागी परेकोमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ