• ON AIR
  • स्टेशन सुभारम्भ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार
चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो । 
भेटमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न नेपालसँग विकास रणनीतिको डकिङलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिनुभयो । प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गर्नुभएका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको र अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई अझ न्यायोचित र तर्कसंगत दिशामा अघि बढाउन, विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनु भएको छ । मानवजातिको लागि साझा भविष्यको साथ समुदायको निर्माण आफु लागी परेकोमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल