रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत
२८ असार २०८३, आइतबार
रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ । नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले तेस्रो चौमासिकसम्मको वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण प्रस्तुत गर्दै नगरपालिकाले कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको जानकारी दिनुभयो ।
प्रस्तुत विवरणअनुसार चालु खर्चतर्फ विनियोजित रु. ५१ करोड ६३ लाख ४५ हजार ७४ दशमलव १० मध्ये रु. ४३ करोड ५५ लाख ८७ हजार ८७ दशमलव ०६ अर्थात् ८४.३६ प्रतिशत खर्च भएको छ। यस्तै, विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित पूँजीगत खर्चतर्फ विनियोजित रु. ३३ करोड ७३ लाख ४२ हजार ९७ दशमलव ५६ मध्ये रु. १५ करोड ९ लाख २३ हजार ६४५ दशमलव ५६ अर्थात् ४४.७४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाको कुल अनुमानित बजेट रु. ८५ करोड ३६ लाख ८७ हजार ८७१ दशमलव ६६ रहेकोमा तेस्रो चौमासिकसम्म रु. ५८ करोड ६५ लाख १० हजार ३२ दशमलव ६२ खर्च भई समग्र बजेट कार्यान्वयन ६८.७ प्रतिशत पुगेको जनाइएको छ ।
राजस्व संकलनतर्फ पनि नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको छ । वार्षिक राजस्व लक्ष्य रु. १ करोड १७ लाख ७४ हजार ७ सय रहेकोमा तेस्रो चौमासिकसम्म ९१.७९ प्रतिशत राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत अभिमुखीकरण तथा मसलन्द शीर्षकमा विनियोजित रु. १ लाख २५ हजार शतप्रतिशत खर्च भएको तथा कुल रु. ७ लाख ८० हजार विनियोजनमध्ये रु. ७ लाख ४९ हजार २७५ खर्च भएको विवरण प्रस्तुत गरिएको थियो ।
त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत विषयगत समिति, सम्बन्धित शाखा तथा समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । उक्त कार्यक्रमका लागि विनियोजित करिब रु. १ लाख ८४ हजारमध्ये रु. १ लाख ८३ हजार ३३० खर्च भएको जानकारी दिइयो ।
कार्यक्रममा नगर प्रमुख लब श्री न्यौपानेले सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउनुका साथै विकास निर्माणका कामलाई अझ बढी उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकका सुझावलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख बाला कुमारी कार्कीले नगरपालिकाले सीमित स्रोत–साधनका बाबजुद नागरिकमुखी सेवा प्रवाह, सुशासन र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजाने धारणा राख्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले सेवा प्रवाह, विकास आयोजना तथा बजेट कार्यान्वयनका विषयमा जिज्ञासा, सुझाव र धारणा राखेका थिए भने नगरपालिकाले उठाइएका प्रश्नहरूको जवाफ दिएको थियो ।
सुनापति गाउँपालिकाले हासिल गर्यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति
३२ असार २०८३, बिहिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै
थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार
२८ असार २०८३, आइतवार रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध
गोकुलगंगाले ७९.५६ प्रतिशत बजेट खर्च, असार २५ देखि भुक्तानी निकासा बन्द
२७ असार २०८३, शनिवार रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत संशोधित बजेटको ७९.५६ प्रतिशत रकम खर्च भएको जनाएको

प्रतिकृया दिनुहोस