सुनापति गाउँपालिकाले हासिल गर्यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति
३२ असार २०८३, बिहिवार
रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै चालु आर्थिक वर्षमा संशोधित बजेटअनुसार ८४ दशमलव ७८ प्रतिशत वित्तीय र ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह तथा समग्र प्रगतिको विवरण सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहभागीहरूले विकास निर्माण, सेवा प्रवाह तथा योजनाको कार्यान्वयनसम्बन्धी जिज्ञासा राखेका थिए । ती जिज्ञासाको अध्यक्ष तामाङ, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, पाँच वटै वडाका वडाध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड ९९ लाख ३२ हजार ३९२ रुपैयाँको बजेट अनुमान गरेको थियो । सो अवधिमा संघीय सरकारबाट ३२ करोड ८१ लाख ३३ हजार ६८ रुपैयाँ, प्रदेश सरकारबाट ६ करोड ८२ लाख ५७ हजार १७० रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड ३९ लाख ४ हजार ४८९ रुपैयाँ र आन्तरिक स्रोतबाट ३ करोड १६ लाख ५९ हजार २४ रुपैयाँ आम्दानी भएको छ। यससँगै कुल ५२ करोड १९ लाख ५३ हजार ७५१ रुपैयाँ आम्दानी भई कुल अनुमानित आयको ८४ दशमलव ४६ प्रतिशत प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार संशोधित बजेट ५४ करोड ६३ लाख ३२ हजार ३९२ रुपैयाँ कायम गरिएकोमा चालु तथा पुँजीगत गरी कुल ४६ करोड ३१ लाख ९४ हजार ६३९ रुपैयाँ खर्च भएको छ । यसले संशोधित बजेटको ८४ दशमलव ७८ प्रतिशत वित्तीय प्रगति देखाएको छ । गाउँसभाबाट स्वीकृत बजेटअनुसार पुँजीगततर्फ २० करोड ७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएकोमा १५ करोड १२ लाख ७१ हजार ८४० रुपैयाँ खर्च भई ७५ दशमलव ३४ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३४ करोड ५५ लाख ५४ हजार ३९२ रुपैयाँ विनियोजन गरिएकोमा ३१ करोड १९ लाख २२ हजार ७९९ रुपैयाँ खर्च भई ९० दशमलव २६ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा संघ र प्रदेशबाट प्राप्त सशर्त, समपूरक, विशेष अनुदान तथा साझेदारी कार्यक्रमअन्तर्गत कार्यान्वयन हुन नसकेका वा कम खर्च भएका योजनाको बाँकी रकम फिर्ता गरेको जनाएको छ । यसअनुसार संघ सरकारलाई २ करोड ५७ लाख ८७ हजार ७४७ रुपैयाँ र प्रदेश सरकारलाई १ करोड १६ लाख २५ हजार ७९५ रुपैयाँ गरी कुल ३ करोड ७४ लाख १३ हजार ५४२ रुपैयाँ फिर्ता गरिएको जानकारी दिइयो ।
भौतिक प्रगतितर्फ गाउँपालिकाबाट सञ्चालन भएका ४६९ योजना तथा कार्यक्रममध्ये अधिकांश सम्पन्न भई गाउँपालिकातर्फ ८६ दशमलव ७८ प्रतिशत, प्रदेश सरकारबाट हस्तान्तरित योजनातर्फ ९० प्रतिशत तथा संघीय सरकारबाट हस्तान्तरित योजनातर्फ ९४ दशमलव ०५ प्रतिशत प्रगति हासिल भएको छ । तीनै तहका योजनासहित गाउँपालिकाको समग्र भौतिक प्रगति ८८ दशमलव ०३ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाको बेरुजु पनि घट्दै गएको जानकारी दिइयो। आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक प्रतिवेदनअनुसार करिब १७ करोड ५० लाख रुपैयाँ रहेको बेरुजु अन्तिम प्रतिवेदनसम्म आइपुग्दा १४ करोड रुपैयाँमा सीमित भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को करिब तीन करोड रुपैयाँ बेरुजु सम्परीक्षणमार्फत फछ्र्योट गरिएको छ भने एक करोड ११ लाख रुपैयाँ बराबरको अनियमित खर्च गाउँसभाबाट नियमित गरी सम्बन्धित निकायमा पेश गरिएको छ ।
रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत
२८ असार २०८३, आइतबार रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ
थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार
२८ असार २०८३, आइतवार रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध
गोकुलगंगाले ७९.५६ प्रतिशत बजेट खर्च, असार २५ देखि भुक्तानी निकासा बन्द
२७ असार २०८३, शनिवार रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत संशोधित बजेटको ७९.५६ प्रतिशत रकम खर्च भएको जनाएको

प्रतिकृया दिनुहोस