• ON AIR
  • स्टेशन सुभारम्भ

गोकुलगंगाले ७९.५६ प्रतिशत बजेट खर्च, असार २५ देखि भुक्तानी निकासा बन्द

२७ असार २०८३, शनिवार
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा स्वीकृत संशोधित बजेटको ७९.५६ प्रतिशत रकम खर्च भएको जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले तोकेको व्यवस्थाअनुसार गाउँपालिकाले असार २५ गतेदेखि भुक्तानी निकासा बन्द गरेको पनि जानकारी दिएको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका लागि संशोधनसहित स्वीकृत ५७ करोड ३० लाख ७४ हजार १७ रुपैयाँको बजेटमध्ये ४५ करोड ५९ लाख ६२ हजार ७ सय ३ रुपैयाँ ९१ पैसा खर्च भएको हो ।
विज्ञप्तिअनुसार पुँजीगत खर्चतर्फ १८ करोड १२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएकोमा १३ करोड ८६ लाख ७६ हजार ४ रुपैयाँ ८१ पैसा खर्च भएको छ, जुन कुल पुँजीगत बजेटको ७६.५१ प्रतिशत हो । त्यस्तै चालूतर्फ विनियोजन गरिएको ३९ करोड १८ लाख १४ हजार १७ रुपैयाँमध्ये ३१ करोड ७२ लाख ८६ हजार ६ सय ९९ रुपैयाँ १० पैसा खर्च भएको गाउँपालिकाले जनाएको छ। यो चालु बजेटको ८०.९८ प्रतिशत खर्च हो । लेखा अधिकृत विनोदराज खनाल र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१०) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा तथा खर्चको लेखा अद्यावधिक गरी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले असार २५ गतेदेखि भुक्तानी निकासा बन्द गरिएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकाले हासिल गर्‍यो ८८ दशमलव ०३ प्रतिशत भौतिक प्रगति

३२ असार २०८३, बिहिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै

रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व असुली ९१.७९ प्रतिशत

२८ असार २०८३, आइतबार रामेछाप- रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ

थोरै बोल्छु, धेरै काम गर्छुः लोक तथा दोहोरीगीत प्रतिष्ठान रामेछापकी अध्यक्ष सुनुवार

२८ असार २०८३, आइतवार रामेछाप— राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा कल्पना सुनुवार पुनः निर्विरोध