• ON AIR
  • स्टेशन सुभारम्भ

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

२८ भदौ २०८२, शनिवार
रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको छ । राष्ट्रपतिले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहीत राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

प्रदेशका मुख्यमन्त्री लामालाई माओवादी केन्द्रको ध्यानाकर्षण पत्र, १०० दिनमा ६.५ प्रतिशत मात्र प्रगति

२९ कार्तिक २०८१, बिहिवार रामेछाप–प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बाग्मती प्रदेश सभाको विपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार नवरालिएर