• ON AIR

रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ८० हजार पुरस्कार

१७ कार्तिक २०८३, मंगलवार
रामेछाप– खेलकुदको माध्यमबाट युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले रामेछाप नगरपालिका–५ रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यालयको आयोजनामा आगामी कात्तिक २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न वडाका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा रामेछाप नगरपालिकाभित्रका वडाका साथै अन्य स्थानीय तहका खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन् । यद्यपि, एउटै टोलीमा सहभागी सबै खेलाडी एउटै वडाका हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको आयोजकले जनाएको छ । 
प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले विजेता टोलीका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टोलीले ५० हजार, तृतीय हुने टोलीले ३० हजार तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक हजार ५०० रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट सेटर, सर्भर, स्पाइकर, लिबेरो र ब्लकरलाई जनही एक हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिने वडा कार्यालयले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा नौ जना खेलाडी र एक जना टिम कोच अनिवार्य हुनुपर्नेछ। टिम दर्ताका क्रममा खेलाडीले आफ्नो वडा परिचय खुल्ने कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ। प्रतियोगिताका सबै खेल नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन प्रतिटिम पाँच हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। टिम दर्ता कात्तिक १८ गते बिहान १० बजेदेखि कात्तिक १९ गते साँझ ५ बजेसम्म गर्न सकिनेछ । 
प्रतियोगिताको उद्घाटन कात्तिक २० गते बिहान ९ बजे गरिनेछ भने कात्तिक २३ गते समापन हुनेछ । रामेछाप नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालय, कोलन्जोरको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

दसैँ सुरक्षा अभियानः रामेछापमा १५२ सवारीसाधन कारबाहीमा, १ लाख ६५ हजार राजस्व संकलन

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– दसैँ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा

रामेछापका साढे नौ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा भिटामिन ‘ए’

श्रमदानबाट विकास निर्माणमा जुटे भुजीवासी, बालमैत्री वडा घोषणाको तयारी

१६ कार्तिक २०८३, सोमवार रामेछाप– सीमित सरकारी बजेटका कारण विकास निर्माणका काम प्रभावित नहोऊन् भन्ने उद्देश्यसहित रामेछापको उमाकुण्ड

↑