• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

प्रथम सुनापति गाउँपालिका वडा कप–२०८३ को उपाधि राकथुमलाई

११ कार्तिक २०८३, बुधवार 
रामेछाप— रामेछापको सुनापति गाउँपालिका–२ मा आयोजित प्रथम सुनापति गाउँपालिका वडा कप–२०८३ अन्तर्गतको भलिबल प्रतियोगिताको उपाधि खाँडादेवी गाउँपालिका–१ राकथुमले जितेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै राकथुमले उपाधिसहित नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । प्रतियोगिताको समापनसँगै सार्वजनिक गरिएको नतिजाअनुसार खाँडादेवी गाउँपालिका–४ पकरबास दोस्रो भएको छ भने आयोजक टोलीले तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै, खाँडादेवी गाउँपालिका–७ ले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम भएको राकथुमले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पकरबासले ७५ हजार रुपैयाँ, तेस्रो भएको आयोजक टोलीले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको खाँडादेवी गाउँपालिका–७ ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चारै स्थानका टोलीलाई सिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता बिष्ट, विभिन्न जनप्रतिनिधि तथा अतिथिहरूले विजेता र उत्कृष्ट स्थान हासिल गर्ने टोलीलाई पुरस्कार वितरण गरेका थिए । समारोहमा सहभागी वक्ता तथा अतिथिहरूको उपस्थितिमा प्रतियोगिताको समापन गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले खेलकुदले युवाहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँपालिकाभित्रका प्रतिभावान खेलाडीको पहिचान गर्न तथा उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न सहयोग पुग्ने उहाँको भनाइ रहेको छ । उहाँले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको व्यक्तित्व विकास, स्वस्थ जीवनशैली र सामाजिक एकता प्रवद्र्धन गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष गीता बिष्टले वडा कपजस्ता प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै विभिन्न वडा तथा गाउँपालिकाबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग गर्ने बताउनुभयो । खेलकुदका माध्यमबाट युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमताको विकास हुने उल्लेख गर्दै उहाँले स्थानीय तहमा खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रतियोगितामा सहभागी सबै टोलीलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो तयारीका साथ खेल क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो । 
 खेलकुद प्रतियोगितासँगै आयोजित सांस्कृतिक कार्यक्रममा स्मृति गौतम, मिलन लामा तथा हास्यकलाकार एवं जादुगर राजेन्द्र गिरीले प्रस्तुति दिएका थिए । सांस्कृतिक प्रस्तुतिले समापन समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको सञ्चालन दुर्गा थापाले गरेका थिए । स्थानीय तहमा खेलकुद गतिविधिको विस्तार, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई पहिचान र प्रोत्साहन गर्न सहयोग पु¥याएको आयोजकको भनाइ छ । यस्ता प्रतियोगिताले विभिन्न वडा तथा पालिकाका खेलाडीबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सामुदायिक एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा लोकप्रिय खेलका रूपमा रहेको भलिबलमार्फत स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउन र उनीहरूको प्रतिभालाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउन वडा कपले भूमिका खेलेको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुनापति वडा कप–२०८३ सुरु, पहिलो दिन चार खेल सम्पन्न

७ कार्तिक २०८३ शनिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान र युवाबीच आपसी एकता

रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता

२९ असोज २०८३, बिहिवार रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको

एनसीसी तालिममा रामेछापका विद्यालयको उत्कृष्ट नतिजा, पटनादेवी बन्यो प्रथम

२८ असोज २०८३, बुधबार रामेछाप- नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को सि.सं. ५२ जुनियर डिभिजन क्याडेट तालिमअन्तर्गत आयोजित वार्षिक

↑