• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता


२९ असोज २०८३, बिहिवार
रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यु स्टार कुनौरीलाई १–० गोल अन्तरले पराजित गर्दै दिपशिखा च्याम्पियन भएको हो ।
प्रतियोगिताको उपाधिसँगै विजेता भएको दिपशिखाले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता भएको न्यु स्टार कुनौरीले नगद १ लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ दिपशिखाका सविन खड्का उत्कृष्ट खेलाडी, न्यु स्टारका सुदर्शन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, रिभर साइडका सुदीप मगर सर्वाधिक गोलकर्ता, दिपशिखाका रेम्बो चौधरी उत्कृष्ट गोलरक्षक र दीपेश कार्की उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उत्कृष्ट भएका यी खेलाडी तथा प्रशिक्षकहरूले जनही ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गत असोज २६ गतेदेखि मन्थलीमा सुरु भएको यस प्रतियोगितामा कुल १० वटा टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोहमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले संयुक्त रूपमा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

एनसीसी तालिममा रामेछापका विद्यालयको उत्कृष्ट नतिजा, पटनादेवी बन्यो प्रथम

२८ असोज २०८३, बुधबार रामेछाप- नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को सि.सं. ५२ जुनियर डिभिजन क्याडेट तालिमअन्तर्गत आयोजित वार्षिक

खिम्ती ग्रामीण विद्युत सहकारीद्वारा ई–सेवा मार्फत महसुल भुक्तानी सुरु

२८ असोज २०८२, बुधबार रामेछाप-  खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युत महसुल भुक्तानी प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउने

सुनापतिमा पर्यटन प्रवद्र्धनको तयारी तीव्र, मंसिर २५ देखि तीनदिने महोत्सव

२८ असोज २०८३, वुधवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण, शिक्षा र

↑