• ON AIRनेपाली खवर (NRN)
  • साझा खवर (CIN)

चौथो रामेछाप कप–२०८३ भोलि देखी हुनेः २७ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत

२४ असोज २०८३, शनिवार
मन्थली– रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित दिपशिखा ब्वाईज युनाईटेड क्लवको आफ्नै खेल मैदानमा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । यही आश्विन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आयोजकले कुल २७ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । दिपशिखा ब्वाईज युनाईटेड क्लव र मन्थली नगरपालिकाको संयुक्त आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन एवम् सर्वपक्षीय सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
नट–आउट प्रणालीमा खेलाइने उक्त प्रतियोगितामा देशभरका आधिकारिक क्लव तथा विभागीय टिमहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का राष्ट्रिय तथा क्षेत्रीय रेफ्रीहरूद्वारा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र द्वितीय हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रथम, द्वितीय, तृतीय टोलीका साथै वेस्ट स्ट्राइकर, वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’का लागि ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद गरी थप ५० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ ।
दैनिक १ हजार तथा सेमिफाइनल र फाइनल खेलमा ३ हजारभन्दा बढी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ। खेल मैदान निर्माण, मञ्च तथा टेन्ट व्यवस्थापन, साउण्ड सिस्टम, सुरक्षा व्यवस्था एवम् प्राथमिक उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरी तयारी तीव्र पारिएको छ । विक्रम संवत् २०६७ मा स्थापित दिपशिखा ब्वाईज युनाईटेड क्लवले खेलकुदका साथै सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

g

प्रतिकृया दिनुहोस

रामेछाप कप–२०८३ सुरु, खेलकुद मार्फत जिल्लाको पहिचान राष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य

२५ असोज २०८३, आइतवार रामेछाप– दीपशिखा ब्वाइज युनाइटेड क्लबको आयोजनामा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै

२५ असोज २०८३, आइतवार रामेछाप— नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँ आजदेखि विधिवत् सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन

डहु माविको शैक्षिक पहिचान राष्ट्रियस्तरमा, प्रधानाध्यापक बल उत्कृष्ट सातमा, प्रदेशमा पहिलो

२५ असोज २०८३, आइतवार रामेछाप– प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले रामेछापको सुनापति गाउँपालिकास्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक

↑