• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै, विजेताले एक करोड ५० लाख पाउने

९ कार्तिक २०८३, सोमवार
रामेछाप– नेपाली क्रिकेटको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणका फाइनल प्रतिस्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । खेल आज साँझ ५ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाज गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । तेस्रो संस्करणको एनपीएलमा विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसअघि पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले समान एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएका थिए । क्यानका अनुसार यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, विदेशी खेलाडीको सहभागिता र पुरस्कार राशिमा भएको वृद्धिले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । विभिन्न देशका चर्चित खेलाडीको सहभागिताले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । साथै, विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको व्यावसायिक विस्तार र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा मोइन अली, शाकिब अल हसन, डेविड वार्नर, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, इफ्तिखार अहमद, स्कट कुगेलेइन, निरोशन डिकवेला र मेहदी हसनलगायत विदेशी खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका खेलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) समेत प्रयोग गरिनेछ। यसले खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा छ । प्रतियोगिता हेर्न आउने दर्शकको सुविधालाई ध्यानमा राख्दै टिकट व्यवस्थापन, सुरक्षा, प्राथमिक उपचार, सरसफाइ र यातायात व्यवस्थापनमा समेत ध्यान दिइएको छ । 
क्यानले सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेलमा साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ। एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँ कायम गरिएको छ । टिकट बिक्रीका लागि ईसेवालाई आधिकारिक माध्यम बनाइएको छ । एनपीएलले क्रिकेटप्रेमीलाई मनोरञ्जन प्रदान गर्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात, विज्ञापन तथा पर्यटन क्षेत्रको आर्थिक गतिविधिमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । प्रतियोगिताको तेस्रो संस्करण सुरु भएसँगै नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर, व्यावसायिक सम्भावना र दर्शकको आकर्षण थप विस्तार हुने विश्वास गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता

२९ असोज २०८३, बिहिवार रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको

बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने

२१ असोज २०८३, बुधवार रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ ।

दोरम्बा शैलुङलाई हराउँदै सुनापतिले जित्यो मैत्रीपूर्ण फुटबलको उपाधि

१८ असोज २०८३, आइतवार रामेछाप— खेलकुदका माध्यमबाट स्थानीय तहबीच आपसी मित्रता, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिवसीय

↑