रामेछापका साढे नौ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
१७ कार्तिक २०८३, मंगलवार
रामेछाप– बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत जिल्लाभरका नौ हजार ६५८ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा आठ हजार ७३५ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य निर्धारण गरिएको छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत आगामी कात्तिक १७ र १८ गते दुई दिनसम्म जिल्लाका आठवटै स्थानीय तहमा अभियान सञ्चालन हुन लागेको हो । यस अभियानबाट पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी आवश्यक पोषण तथा स्वास्थ्य सुरक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका नौ हजार ६५८ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यसैगरी, १२ देखि ५९ महिनासम्मका आठ हजार ७३५ बालबालिकालाई जुकाको औषधि सेवन गराउने लक्ष्य रहेको छ । बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन, आँखाको स्वास्थ्य संरक्षण गर्न तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउन भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यस्तै, पेटमा पर्ने जुका नियन्त्रण गरी बालबालिकाको पोषण अवस्था र समग्र स्वास्थ्यमा सुधार ल्याउन जुकाको औषधि खुवाउने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थासँगै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकासम्म सेवा पु¥याउने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख झाले अभियान सफल बनाउन अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत निर्धारित मितिमा भिटामिन ‘ए’ र जुकाको औषधि अनिवार्य रूपमा खुवाउन आग्रह गर्नुभएको छ । सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गर्दै आएको यस्तो अभियानमा लक्षित उमेर समूहका कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्यले अभिभावकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ ।
दसैँ सुरक्षा अभियानः रामेछापमा १५२ सवारीसाधन कारबाहीमा, १ लाख ६५ हजार राजस्व संकलन
१७ कार्तिक २०८३, मंगलवार रामेछाप– दसैँ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा
रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ८० हजार पुरस्कार
१७ कार्तिक २०८३, मंगलवार रामेछाप– खेलकुदको माध्यमबाट युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले रामेछाप
श्रमदानबाट विकास निर्माणमा जुटे भुजीवासी, बालमैत्री वडा घोषणाको तयारी
१६ कार्तिक २०८३, सोमवार रामेछाप– सीमित सरकारी बजेटका कारण विकास निर्माणका काम प्रभावित नहोऊन् भन्ने उद्देश्यसहित रामेछापको उमाकुण्ड

प्रतिकृया दिनुहोस