कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...
हरि दाहाल ‘ललित’
नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल गर्दै आएका छन् । नेपालका कम्युनिष्ट आन्दोलनले भोग्दै आएको हो कि नेता नेतृत्वले जस्तो गल्ती गरे पनि नेपाली जनता विद्रोह चाहने क्रान्तिकारी भाव र देशप्रति चिन्ताको भावनाले ओतप्रोत छन् । देश र जनताको लागि क्रान्तिकारी आन्दोलनको खातिर सधैभरी रगत बगाउन कुनै परवाह नै नभएको देखिन्छ । तर, यो जनताको बलिदानीपूर्ण भावनालाई क्रान्तिकारी आन्दोलनले टुङ्गो लगाउन सक्छ ? यी ठूला–ठूला बलिदानीको सम्मान गर्न सक्छ ? शहीदले बगाएको रगतलाई नयाँ स्वाधीन, स्वतन्त्र र मुक्त देशको रुपमा परिणत गर्न सक्छ ? यी प्रश्नको उत्तर भने जनक्रान्तिमा प्राप्त भइसकेका छैन् ।
नेपाली उत्पीडित जनताको मुक्तिका खातिर २०५२ सालमा महान् जनयुद्धको माध्यमबाट नेपालमा भीषण वर्ग संघर्षको सुरुवात भयो । एकातिर २४० वर्षको जहाँनिया राजतन्त्रतात्मक राज्य व्यवस्था जो आफैमा सबै प्रकारले सम्पन्न थियो । अर्कातिर हातमा केही नभएका जनताले मुठ्ठी उठाएर जनक्रान्तिको सुरुवात गरेका थिए । सही विचार र सही कार्यदिशा भयो भने सबै कुुरा प्राप्त हुन्छ भन्ने मूल मन्त्रलाई साक्षी राखेर नेकपा (माओवादी)ले जनयुद्ध घोषणा ग¥यो । त्यो नविनतम्, भीषण र तीब्र गतिमा अगाडि बढ्यो । सामन्तवादी राज्य पनि आफ्नो सम्पूर्ण शक्ति, तागत लगाएर भीषण दमन र नरसंहारमा उत्रियो । देशैभरी राजनीतिक, फौजी, गैरफौजी संगठनात्मक कामहरु तीब्र गतिले हुन थाल्यो । गाउँ–गाउँबाट जाली, फटाहा, जनविरोधीहरु पूरै विस्तापित हुन थाले । त्यसपछि जनताको मनोभावना उच्च हुन थाल्यो । जनता जनक्रान्तिमा पूरै होमिन थाले । त्यस समयमा सहास, आँट, बलिदानीको कारण ठूला कृर्तिमान कायम भए । प्रतिक्रियावादीहरु हायलकायल भए । जनताको जीत भएको समय इतिहासमा त्यस्तो समय अब छोटो समयमा नेपालमा आउन असम्भव छ ।
जनयुद्धको भीषण चापको समय थियो । हाम्रो पार्टीको चार नीति भित्रको समय थियो । जो हापुरेमा हामी युद्धविरामको समयमा थियौं । जुन समय एउटा समझदारी भएको थियो–दुबै सेना ब्यारेक भन्दा पाँच किलोमिटर बाहिर जान नपाउने । रामेछाप वर्ग संघर्षबाट खारिएको जिल्ला थियो । जनयुद्धका तुफानी आठ वर्ष गुज्रिसकेको थियो । रामेछापमा त्यति धेरै परिणामको रगत बगेको थिएन । जनयुद्धको सुरुको फौजी कार्य बेथान चौकी कब्जा गर्ने तिर्थ गौतम, फत्तवहादुर स्लामी मगर र दीलमाया योञ्जनले वीरताको गाथा कोरिसकेका थिए । तत्पश्चात् रामेछापले ठूला–ठूला अप्रेसनका अप्ठ्याराहरु पार गर्दै थियो । जनयुद्धका ती आँधीमय दिनहरुमा वर्ग संघर्षबाट माओवादी पार्टी विचलित थिएन् । रामेछापमा माओवादी कार्यकर्ता र जनता राम्रै वैचारिक, राजनीतिक, संगठनात्मक, फौजी रुपमा सशक्त भएका थिए ।
२०६० साल श्रावण ३२ गते हामी पार्टी योजना निर्माण गर्ने सिलसिलामा रामेछापको दोरम्बा पुग्यौ । त्यहाँ ३ नम्बर ईलाकाको बैठक थियो । क्रान्तिकारी योद्धाहरु त्यहाँ भएको कुरा सुराकीद्धारा त्यस बेलाका शाही अमेरिकी सेना कहाँ खबर पुगेको रहेछ । दोरम्बा सैलुङ्ग रेन्चमा पर्छ । जुनबेला भिषण वर्षादको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदेखिने अवस्था थिएन । तत्कालिन समय युद्ध रणनीतिका हिसाबले सेना नयाँ रणनीति निर्माण गर्दै थियो । शाही सेनाको योजना, युद्धविराम रामेछापबाट भंग गर्ने र नयाँ फौजी रणनीति प्रयोग गर्ने रहेछ । दोरम्बा हत्यामाकाण्ड मच्चकाउने राममणि पोखरेल हुन उनलाई राज्यले अझै कार्बाही गरेको छैन र किन गर्दैन ? यो सोचनिय प्रश्न हो । कार्बाही गर्नुको सट्टा उल्टै पुरस्कार दिएर तत्कालिन सरकारले सम्मान ग¥यो । दोरम्बा हत्याकाण्डलाई विदेशी संघ संस्थाहरुलेसम्म युद्ध अपराध हो भनेर भनेका छन् । हाम्रो पार्टी पनि नयाँ नीति योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो । नेपाली जनयुद्धले देशी विदेशी प्रतिक्रियावादीहरु पूरै थर्कमान अवस्थामा थिए । भनिदै थियो–‘सगरमाथाको देशबाट नयाँ विश्व जन्मदै छ ।’ त्यहीँ समयमा रामेछापको दोरम्बामा होनहार नेपाली आमाका छोराछोरी श्रावण ३२ गते दिउसो १२ बजे दुश्मनको घेराभित्र परे । बैठक बसेको घर घेरा हालियो । चारैतिरबाट गोली बर्सियो । म (तत्कालिन जिल्ला इन्चार्ज) तत्कालिक जिल्ला सेक्रेटरी मदनले सेनाको बन्दुकको नाल समातेर फुत्किन सफल भएका थियौ । शाही सेनाहरुले घरको आँगनमा नै दुई जनालाई गोली हानेर हत्या गरे भने बाँकी १९ जनालाई पक्राउ गरे ।
शाही सेनाले १९ जनालाई समाते र डोरीले हात पछाडि बाँधे । सेनाको कब्जामा पर्नेहरुमा तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), प्रदिप दोङ (रक्तिम) अम्बिका दाहाल (ललिका), टेकवहादुर मगर (विवेक) लगायतलाई यातना सहित कुट्दै लगियो । त्यसपछि डडुवा र दोरम्बा गाविसको सीमानामा पर्ने डाँडाकटेरी पु¥याइयो । डाँडाकटेरी पु¥याएपछि क्रान्तिकारी योद्धाहरुले एउटै स्वरमा भनेका थिए–‘ए हामीलाई कहाँ लान्छस् ?’ दुश्मले भन्यो–मन्थली । योद्धाहरुले फेरि भने–‘हामी मन्थली जादैनौ, हामीलाई छोड यो युद्धविरामको समय हो ।’ युद्ध विराममा भएको सम्झौतामा पाँच किलोमिटर बाहिर सेना नजाने भन्ने छ, किन सम्झौता उल्लंघन गरिस् ? दुश्मनले आत्मसमर्पण गराउन जबरजस्ती ग¥यो तर जनमुक्ति योद्धाहरुले उनीहरुको प्रस्ताव ठाडै अस्वीकार गरेर भने–‘कि हामीलाई छोड ? कि हामी सबैलाई मार ?’ डाँडाकटेरीमा लामै समय भनाभन भयो,सेना र वीर योद्धाहरुको बीचमा । त्यसपछि शाही सेनाको आफ्नो योजना अनुरुप सबैलाई कन्चटमा गोली हानेर एकै ठाउँमा मा¥यो । दोरम्बा र देशैभरी शहीदले बगाएको रगतबाट सामन्तवादको मुख्य नाइके राजतन्त्रको अन्त्य भयो ।
दोरम्बा हत्याकाण्ड नेपाली जनयुद्धको जटिल र संवेदनशील मोडमा भएको घटना थियो । यसलाई न्यूनिकरण गरेर हेर्न मिल्दैन । यस हत्याकाण्डसँग केही प्रश्न पनि उब्जिएको थियो । पहिलो सुराकी गरेको हो कि हैन ? दोस्रो आफ्नै कमजोरीका कारण । तेस्रो दुश्मन आएको थाहा पाएर पनि आफ्नै कमरेडहरुले खबर गरेनन । चौथौ सञ्चारलाई चुस्त पार्न सकिएन । पाँचौ रामकुमारको विवाह हुँदै छ भनेर गाउँमा गरेको प्रचार थियो । यी सबै प्रश्नको उत्तर भनेको युद्धविरामको मानसिकता, दुश्मनलाई कम आँक्ने सोच, हत्याकाण्ड मुलतः सुराकीकै कारणले गर्दा भएको हो । यसमा कुनै शंका राख्नु हुँदैन र राखेको पनि छैन । ‘क्रान्ति महासंग्रामको खेल हो, यसमा ठूलो बलिदानीको माग हुन्थ्यो त्यो साहसकासाथ कमरेडहरुले कोटा चुक्ता गर्नुभयो ।’
हत्याकाण्डले नेपाल स्तब्ध भयो । जिल्ला नेता, कार्यकर्ता, जनता, समर्थक, शुभचिन्तकसम्मलाई यो कहाली लाग्दो पीडाले छटपटाइमा पा¥यो एकातिर भने अर्का्तिर आक्रोश, बदलाभावका साथ क्रान्तिलाई पार्टी नीति योजनालाई धैर्यतापूर्वक अगाडि लाने आँट र साहस पैदा गरायो । नेपाली क्रान्तिलाई वार्ताको माध्यबाट घेराबन्दी गरेको समय थियो । दोरम्बाको रगतले त्यो घेरा तोड्दै सफलताको इतिहासको ठूलो मूल्य चक्ता गरेको छ । खासगरी नेपाली जनयुद्ध पुरानो सामन्तवादी राज्यको अन्त्य नयाँ जनवादी राज्य स्थापनाका लागि गरिएको हो र जे जति सहीदहरुले रगत बगाए त्यसको सपना साकार भएको छैन । यो सामन्तवाद र विस्तारवादको हस्तक्षेप विरुद्ध बगेको रगत हो । पार्टी भित्रको गलत प्रवृत्तिका विरुद्ध र पार्टीलाई दक्षिणपंथी संशोधनवादबाट बचाएर सही सच्चा क्रान्तिकारी निर्माण गर्नु अहिलेको चुनौती हो । महान् अभियानमा बगेको त्यो रगत अहिले आएर पार्टी नेता, कार्यकर्तालेको कतिपय कार्यशैली, आर्थिक कारोबार, सोचाई र आत्मकेन्द्रीत बन्दै गएको आभाष हुन थालेको छ । सर्वहाराशैली असाधारण फुट, नष्ट हुँदै ढाट, छल, कपट र अपारर्दर्शी बन्दै व्यक्तिगत निज स्वार्थतिर गएको छ । यसले पूरै सहिदको सपनाको अपमान गर्दै छ भन्ने कुरा प्रष्ट देखिन्छ । अर्कोतिर नेपाली सर्वहारा वर्गलाई निषेध गर्न खोजिदै छ । सर्वहारा वर्गको नेता कार्यकर्ताको विरुद्ध वैरीहरु पूरै आक्रमक गर्ने ढंगले आएका छन् ।
दोरम्बामा बगेको रगत नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न, समाज निर्माणको लागि, नयाँ आर्थिक व्यवस्थाको लागि थियो । दोरम्बाको डाँडाकटेरीबाट सशहीदहरुले देखाएको सपना र उनीहरुले देखाएको क्रान्तिकारी बाटो नछोडौं । पार्टीभत्र क्रान्तिकारी खोल ओढेका दक्षिणपन्थी अवसरवादसँग लड्दै जानु हाम्रो कर्तव्य हो । दोरम्बा हत्याकाण्डमा शहीद हुनुभएका बाबुराम लामा, ललिता लगायत २१ जना शहीदहरुले देखाएको सपना साकार पारौं । दोरम्बा हत्याकाण्डमा देश र जतनालाई मुक्त पार्नको लागि हाँसी–हाँसी जीवन उत्र्सग गर्ने सहिदहरुप्रति भावपूर्ण श्राद्धाञ्जली व्यक्त गर्दछु ।
(दोरम्बा हत्याकाण्डमा बाँच्न सफल दाहाल तात्कालिन नेकपा माओबादीका रामेछाप जिल्ला ईन्चार्ज हुनुहुन्थ्यो भने हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले २०७४ सालमा व्यक्त गर्नुभएको दृष्टिकोण)
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा
२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय
उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग
२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको
कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन
१२ चैत २०८१, मङ्गलवार रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल

प्रतिकृया दिनुहोस