बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव
११ भदौ २०८३, विहिवार
रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार र संरक्षणलाई केन्द्रमा राख्दै पहिलो वार्षिकोत्सव मनाएको छ । मन्थली नगरपालिका–१४ वटै वडाका बालबालिकाको उल्लेख्य सहभागितामा आयोजित समारोहमा उनीहरूले विभिन्न सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै उनीहरूको अधिकार, सहभागिता र बालमैत्री वातावरणको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा बालमैत्री स्थानीय शासनलाई घोषणामै सीमित नराखी त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिइएको थियो । बालबालिकाको विचार, आवश्यकता र सहभागितालाई स्थानीय शासन प्रक्रियामा समेट्नु बालमैत्री शासनको महत्वपूर्ण आधार भएकाले त्यसतर्फ निरन्तर पहल आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
मन्थली नगरपालिकालाई विसं २०८२ भदौ ११ गते औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको थियो । उक्त उपलब्धि हासिल गर्ने मन्थली रामेछाप जिल्लाकै पहिलो स्थानीय तह हो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले बालबालिकाको सर्वाङ्गीण विकासका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा अधिकार सुनिश्चित गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै बालमैत्री वातावरण निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाइने बताउनुभयो । बालमैत्री स्थानीय शासनको उपलब्धिलाई दिगो बनाउन नगरपालिका मात्रको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगरवासी, अभिभावक, विद्यालय, बालबालिका तथा सम्बन्धित सरोकारवाला सबैको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रस्तुत बालबालिकाका सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिले समारोहलाई थप जीवन्त बनाएको थियो ।
बाल सहभागितालाई प्राथमिकतामा राखिएको उक्त कार्यक्रमले स्थानीय तहमा बालमैत्री शासनको अभ्यास, बालअधिकारको संरक्षण र बालबालिकाको सिर्जनात्मक क्षमतालाई सार्वजनिक रूपमा अभिव्यक्त गर्ने अवसरसमेत प्रदान गरेको थियो । मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनलाई निरन्तरता दिँदै बालबालिकाका अधिकार र आवश्यकतालाई स्थानीय विकास तथा सेवा प्रवाहका प्रक्रियासँग जोडेर अघि बढाउने जनाएको छ ।
मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट
११ भदौ २०८३, बिहीबार रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ
बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने
११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति
असल अभ्यासमा रामेछापका मन्थली र सुनापति सम्मानित
११ भदौ २०८३, बिहिवार रामेछाप— जिल्ला समन्वय समिति रामेछापले स्थानीय तहबाट सञ्चालन भएका नमूना तथा प्रभावकारी कार्यक्रमलाई प्रोत्साहन गर्ने

प्रतिकृया दिनुहोस