बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने
११ भदौ २०८३, बिहिवार
रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति गाउँपालिकाले रु दुई लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्ला तथा सीमाना जोडिएका नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा आज जारी शोक विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै बाढीमा परी बेपत्ता भएकाको शीघ्र खोजी तथा घाइतेको स्वास्थ्यलाभको कामना गरिएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट रु दुई लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । मौसममा पूर्ण सुधार भइनसकेको तथा थप वर्षाको सम्भावना कायमै रहेकाले गाउँपालिकाले आफ्ना नागरिकलाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विपद्का कारण प्रभावित नागरिकका साथमा रहेको जनाएको छ ।
बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव
११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार
मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट
११ भदौ २०८३, बिहीबार रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ
असल अभ्यासमा रामेछापका मन्थली र सुनापति सम्मानित
११ भदौ २०८३, बिहिवार रामेछाप— जिल्ला समन्वय समिति रामेछापले स्थानीय तहबाट सञ्चालन भएका नमूना तथा प्रभावकारी कार्यक्रमलाई प्रोत्साहन गर्ने

प्रतिकृया दिनुहोस