• ON AIR
  • स्टेशन सुभारम्भ

कुलमान घिसिङलाई हटाएको विरोधमा रामेछापमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन

१२ चैत २०८१, मङ्गलवार
रामेछाप– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा रामेछापको मन्थलीमा अखिल क्रान्तिकारीले मसाल जुलुस सहित प्रदर्शन गरेको छ ।
मङ्गलवार साँझ मन्थलीको देवकोटा चोकमा कोण सभा गर्दै अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू एवं पार्टी नेताहरूको उपस्थितिमा मसाल बोकेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको हो । प्रधानमन्त्री र उर्जामन्त्रीको पुत्ला दहन गर्दै कुलमान घिसिङलाई पुनः नियुक्त गर्न उहाँहरूले माग गर्नु भएको छ ।
अखिल क्रान्तिकारीका नेताहरूले कुलमान घिसिङलाई हटाउनु जनतामाथिको अन्याय भएको भन्दै सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन् । प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले ‘लोडसेडिङ चाहिँदैन, उज्यालो नेपाल जिन्दाबाद, मन्त्रिपरिषद्को निर्णय खारेज गर’, ‘कुलमानलाई पुनः नियुक्त गर’ लगायतका नारा लगाएका छन् ।
क्रान्तिकारीका विद्यार्थी नेताहरूले यदि कुलमानलाई पुनः नेतृत्वमा ल्याइएन भने थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारूढ नेपाली काँग्रेसकै नेताहरूले समेत विरोध गरेका छन् ।
२०७८ साल साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाई सरकारले हटाएको हो । कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ । अबको ४ महिनापछि घिसिङको कार्यकाल सकिँदै थियो । सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।


 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

२८ भदौ २०८२, शनिवार रामेछाप– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय

उपसभापति निलम्बित प्रकरणको सत्य तथ्य छानविन गरी दोषी लाई कार्वाहि गर्न क्रान्तिकारीको माग

२२ जेठ २०८२, बिहीबार रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का उपसभापति उत्सव केसी निलम्बित प्रकरणको

प्रदेशका मुख्यमन्त्री लामालाई माओवादी केन्द्रको ध्यानाकर्षण पत्र, १०० दिनमा ६.५ प्रतिशत मात्र प्रगति

२९ कार्तिक २०८१, बिहिवार रामेछाप–प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई बाग्मती प्रदेश सभाको विपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार नवरालिएर