• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

डेढ महिना भित्र पार्टी एकताको सबै काम टुङ्ग्याउने नेकपाको तयारी

मंसिर १,काठमान्डौ– दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ । नेताहरुले एकता भएको तीन महिना भित्र पार्टीको सम्पूर्ण तहको एकता प्रक्रिया सकिने घोषणा गरेका भएपनि ६ महिना हुन लाग्दा पनि एकताको प्रक्रियाले अन्तिम रुप लिएको छैन । अबको डेढ महिना भित्रमा भने सबै बर्गिय संगठन तथा तहमा एकता भैसक्ने नेताहरुले दाबी गरेका छन् । 

नेकपाका नेता सुवास नेम्वाङले पुष १५ भित्रमा सबै तहका एकता सम्पन्न भईसक्ने बताउनुभयो । यसअघि उहाँले दशैं भित्रै पार्टी एकता हुने बताउनुभएको थियो । तर विभिन्न कारण त्यो सम्भव नभएको नेम्वाङको भनाई छ । नेकपाले चाँडै संसदिय दलको कार्यालय एउटै बनाउने तयारी समेत गरिरहेको छ । त्यसका लागि काम भईरहेको उहाँले बताउनुभयो ।

संसदिय दलको कार्यालय एउटै भए आम कार्यकर्तामा सकरात्मक सन्देश जाने संसदिय दलका उपनेता समेत रहनुभएका नेम्वाङको भनाई छ । नेकपाले प्रदेश तहमा तोकेको नेतृत्वको बारेमा असहमति भएपछि बाँकी प्रक्रिया अगाडी बढ्न सकेको छैन । 


 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन