• ON AIRफिल्मी गितहरु
  • लोक लहरी (प्रशान्तको साथमा)

ए डिभिजन लिग फुटवलमा अन्तिम चरणका खेल शनिवारबाट

पुष २०,काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी शनिबारबाट लिगको अन्तिम तथा १३ औं चरणका खेल शुरु हुने जनाएको छ । लिगको उपाधि सिग्नेचर मनाङ मर्स्याङदी क्लबले जितिसकेको छ । त्यस्तै उपविजेतामा सीएमजी सङ्कटा क्लबको टुङ्गो लागिसकेको छ ।


सार्वजनिक तालिका अनुसार शनिबार हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब तथा सरस्वती युवा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । त्यस्तै, आईतबार ब्रिगेड ब्वाईज र न्यूरोड टीम एनआरटी, एनआइबीएल फ्रेण्ड्स र मनाङ भिड्दा सोमबार मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी तथा सङ्कटा र सशस्त्रबीच खेल हुनेछ ।


लिगको अन्तिम दिन मंगलबार हिमालयन शेर्पा र रुस्लान थ्री स्टारबीच खेल हुनेछ । अंक तालिकामा थ्री स्टार २३ अंकमा तेस्रो र आर्मी २२ अंकमा चौंथोमा छ । दुबै टोली अन्तिम खेलमा जित हात पार्दै स्थान सुधार्ने योजनामा हुनेछन् । मनाङ भने लिगमा शतप्रतिशत नतिजाको कीर्तिमान कोर्ने दाउमा छ ।
 

प्रतिकृया दिनुहोस

टी–२० क्रिकेट शृङ्खलामा नेपालको लगातार दोस्रो हार

१९ वैशाख २०८१, बुधवार रामेछाप– टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ’ए’ टोलीसँग ७६ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरको

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल