• ON AIR

रामेछाप नगरको ८ नम्वर वडा स्वास्थ्य तथा सरसफाईमा केन्द्रित  

पुष ३०,मन्थली– रामेछापको रामेछाप नगरपालिकाको ८ नम्बर वडा कार्यलयले वडा भित्र रहेका विभिन्न विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका शारदा संस्कृत मावि बावियाखर्क ,सम आधारभुत विद्यालय डुम्रिखर्क र केवलेश्वर  आधारभुत  विद्यालय सल्लेमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम गरिएको वडाध्यक्ष केदार कार्कीले बताए । 


वडा कार्यलयमार्फत सन्चालीत उक्त कार्यक्रममा नेशनल हेल्थ कलेजका विद्यार्थीहरुले साबु्न पानीले हात धुने तरिका,पानी शुद्धिकरणको विधि,दाँत माझ्ने तरिका लगायत व्यक्तिगत सरसफाईको बारेमा ति विद्यालयका विद्यार्थिहरुलाई जानकारी गराएका थिए । कार्यक्रमकै दौरानमा शारदा संस्कृत मावि बावियाखर्कका कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थिहरुलाई प्रजनन स्वास्थ्य र महिनावारी हुँदा प्याडको प्रयोगका बारेमा समेत जानकारी गराइएको वडाध्यक्ष कार्कीले बताए ।


विद्यार्थिहरुमा  सरसफाई बारे ज्ञान भए परिवारका सदस्यहरुमा जनचेतना पुग्ने र परिवारसंगै गाउँ टोललाई सफा राख्न मद्धत पुग्ने उद्धेश्यले स्वास्थ्य तथा सरसफाई कार्यक्रमको सुरुवात गरिएको वडाध्यक्ष कार्कीले बताए ।  त्यहाँको वडा कार्यालयले कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका