• ON AIRकार्यक्रम सिने सन्सार (प्रशान्त हायू)
  • टिफिन टाईम

शिक्षाको बिकास बिना समृद्ध नेपाल असम्भब : मन्त्री पोखरेल

रमेश ढुंंगेल/ माघ २,रामेछाप– शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेलले शिक्षाको बिकास बिना समृद्ध नेपाल सम्भव नहुने बताएका छन् । उनले भवन राम्रा र ठुला हुँदैमा शिक्षको गुणस्तर राम्रो नहुने पनि बताएका छन । बिपदबाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार,भन्ने मूल नारा सहित २१ औं भुकम्प सुरक्षा दिबको अबसरमा रामेछापको दोरम्बा गाउपालिमामा नब निर्मित एक विद्यालयको भवनको उद्घाटन का क्रममा उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक बिद्यालयका शिक्षकरुले आफ्ना बालवालिका चाहि निजि बिद्यालय पढाउने र अरुका बालवालिका मात्र सरकारी बिद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने पनि बताएका छन ।


मन्त्री पोखरेलले सो गाउपालिका स्थीत श्री कालिका माध्यामिक बिद्यालय लखनपुर रिष्ठेको १२ वटा कक्षा कोठा भएको ३ तले २ वटा भबन र २ तले भबन र लखनपुरकै थापागाउमा नबनिर्मित २ तले र १ तले ६ कोठे भवन को समेत उदघाटन गरेका थिए । रिष्ठे मा निर्माण गरिएको र भबनको कुल ८ करोड ४२ लाख ४२ हजार को लागतमा र थापागाउमा निर्माण गरिएको भवन ६ करोड ५५ लाख ४१ ह्जार ९ सय चौवालिस को लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा का प्रमुख हेमन्त कुमार बुढाथोकीले बताए ।   
 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका