• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

स्ववियू निवार्चनमा अखिल (क्रान्तिकारी) मन्थली सहिद स्मृति बहुमुखि क्याम्पसबाट ५ जनाको दाबी

६ फागुन २०७९, शनिवार
रामेछाप– अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन परिर्वतनको निम्ति विभिन्न त्याग, बलिदान, संघर्ष गर्दै आईरहेको छ । स्ववियु निवार्चित हुदा २०६५ सालमा क्याम्पस परिसर भित्र अखिल क्रान्तिकारीको निर्वाचित टिमले स्ववियु पार्क निर्माण गरेको थियो ।
 यस्तै, महेन्द्रदय नामकरण गरिएको नामलाई परिमार्जन गरी सहिदहरुको नामबाट मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस नामकरण गर्न सफल भएको थियो । एम.एड (मास्टर डिंग्री) सञ्चालनका निम्ति नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद कोषको बजेट विनियोजन गरी अखिल क्रान्तिकारी विद्यार्थी संगठनद्धवारा विजय टिमको पहलमा डिग्री सञ्चालन गर्न सफल भएको थियो । त्यस समय देखि अखिल क्रान्तिकारी हालसम्म विभिन्न शैक्षिक गतिविधिमा सक्रिय भूमिका खेल्दै आईरहेको छ ।
 आगामि चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा संगठनबाट सभापति पदको लागि ५ जनाको दावी रहेको छ । संगठनको सभापतिमा तेज बहादुर श्रेष्ठ, सफल दाहाल, राजकुमार श्रेष्ठ, विनिता माझी र अनोज भुजेलले दावि गरेका छन् । सभापति पदका उम्मेदवार तेज बहादुर श्रेष्ठ २०७२ साल देखि निरन्तर विद्यार्थी राजनिति गर्दै आई रहनु भएको छ । श्रेष्ठ अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको रामेछाप जिल्ला कमिटी सदस्य, चितवन जिल्ला कमीटी सदस्य र चितवनको सिटिईभीटीको आंगिक कलेज स्कुल अफ हेल्थ साईन्सको अध्यक्ष समेत भई सक्नु भएको छ । हाल उहाँ मन्थली सहिद स्मृति क्याम्पस कमिटीको ईन्चार्ज समेत हुनुहुन्छ ।
 यस्तै, सभापति पदका अर्का उम्मेदवार सफल दाहाल २०७० साल देखि निरन्तर विद्यार्थी राजनिति सुरुगरी मन्थली मावि इकाई कमिटिको अध्यक्ष, सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको इन्चार्ज र जिल्ला कमिटी सदस्य समेत भई सक्नु भएको छ । दाहाल हाल अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको जिल्ला सचिव समेत हुनुहुन्छ । त्यस्तै अन्य विद्यार्थी उम्मेदवारहरु पनि संगठनको लागी विभिन्न सर्घष र त्याग गर्दै आई रहेका छन् । 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन