• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने ८ दलबीच सहमति

१३ फागुन २०७९, शनिवार
रामेछाप– राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने ८ दलबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याउनुभएको र प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका स्रोतको भनाई छ । पुरानो सत्ता गठबन्धनका पाँच दलमा अरु तीन दल थपिएका छन् ।
शुक्रवार बेलुका बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय नभएको स्रोतको भनाई छ ।
नेपाली कांग्रेसले आज (शनिवार) बिहान बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतको चर्चामा छन् । 

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन