• ON AIRलोक लहरी (प्रशान्तको साथमा)
  • स्थानीय समाचार (मन्जु मगर)

पूर्वउपप्रधानमन्त्री टोपबहादुर सहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

४ जेठ २०८०, बिहिवार
रामेछाप– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
उक्त प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
२०७९ चैत १२ गते प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै, चैत १५ गते मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।
सो प्रकरणमा रायमाझी, खाँणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन