• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

एकीकृत समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत फेरी एमालेमा फर्किए

८ साउन २०८०, सोमवार
रामेछाप– नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा प्रवेश गर्नु भएको हो ।  
बस्नेतलाई एमालेका महासचिव शंकर पोख्रेल, जिल्ला अध्यक्ष अनन्द श्रेष्ठ लगायतका नेताहरूले एमालेमा स्वागत गर्नु भएको थियो । वस्नेत एमालेबाट मन्थली नगरपालिकाका नगर प्रमुख, जिल्ला विकास समिति रामेछापका सभापति र उपसभापति समेत भई सक्नु भएको थियो ।
केहि समय अगाडि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरी जिल्ला अध्यक्ष समेत हुनुभएको वस्नेत फेरी एमालेमा फर्कनु भएको हो । पार्टीमा प्रवेश गर्दै उहाँले भन्नु भयो ? एकीकृत समाजवादी पार्टीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि काँग्रेसको पिछा लागेर केवल एमालेलाई समाप्त पार्नको लागि मात्र माधव नेपाल लागेकोले सो पार्टीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उहाँले प्रष्ट पार्नुभयो । 
बस्नेत सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका झन्डै आधा दर्जन नेताहरूलाई पोख्रेलले एमालेमा स्वागत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी

१२ माघ २०८०, शुक्रवार रामेछाप– राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले १ सिटमा विजयी

वाग्मती प्रदेश सकारले ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै छः मुख्यमन्त्री जम्कट्टेल 

रामेछाप- २७९ पौष २०८०, शुक्रबार  “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार ‘कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ

चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएकोछः चिनियाँ राष्ट्रपति सी

६ असोज २०८०, शनिवार चीन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज अमेरिकाबाट सिधै चीन