• ON AIRहिन्दी गितहरु
  • नेपाल खबर (उज्यालो)

मन्थली क्याम्पस प्रमुख श्रेष्ठ सहित रामेछापका ९ जना नेपाल बिद्याभुषण बाट विभूषित 

४ असोज २०८०, बिहिवार
रामेछाप–रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठ सहित रामेछाप जिल्लाका ९ जना नेपाल बिद्याभुषणबाट विभूषित हुने भएका छन् ।
क्याम्पस प्रमुख डा. श्रेष्ठ सहित नेपाल विद्याभूषण पदक ‘क’ बाट डा. दीपक महत, डा. माधवकुमार श्रेष्ठ, डा. विष्णुकुमार खत्री, डा. वासुदेव गौतम र डा. माधव घिमिरे विभूषित हुने भएका छन् । त्यसैगरी नेपाल विद्याभुषण ‘ख’ प्राप्त गर्ने हरूमा रामेछापका नेत्रकुमार मानन्धर, सुमन प्रकाश प्रधान र आरती काफ्ले रहेका छन् भने  छात्रा विद्या पदक ‘ख’ प्राप्त गर्नेमा सर्वदा खत्री रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्टिय शिक्षा दिवस २०८० को उपलक्ष्यमा सूची प्रकाशित गरेको थियो ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले देश भर बाट ९६३ जनालाई विभूषित गरिने भएको छ । मन्त्रालयले ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरेको छ । साथै ४६ जनालाई नेपाल छात्रा विद्या पदक प्रदान गरेको छ । जसमा नेपाल छात्रा विद्या पदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरेको छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका