• ON AIRपानी र सरसफाई
  • नेपाल खवर (उज्यालो)

सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

५ असोज २०८०, शुक्रवार
रामेछाप– सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृहमन्त्रालयमा भएको वार्तामा सहमति जुटेपछि शनिबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने समझदारी समेत भएको मन्त्रालयले जनाएको छ ।
सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थामा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायत उल्लेख छ । सरकार र शिक्षक महासङ्घ शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा महासंघ र विज्ञसमेतको प्रतिनिधित्व गराइ अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्न सहमत भएका छन् ।
यस्तै माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाकाको लागि प्रथम श्रेणीमा १० वर्ष सेवा गरेको हुने व्यवस्था गर्ने, प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने, शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्यालाई आधार बनाउनेलगायतमा पनि  सहमति भएको मन्त्रालयले जनाएको छ । संसदमा विधेयक दर्ता भएसँगै विधेयकका प्रावधानप्रति असन्तुष्ट रहेका शिक्षकले काठमाडौंँ केन्द्रित आन्दोलन थालेका थिए ।

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिकामा औषधीको अभाव छैनः स्वास्थ्य संयोजक बल

१७ वैशाख २०८१, सोमवार रामेछाप– सुनापति गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । पालिका भित्र रहेका दश वटा

लिखु तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको योजनाहरू ५० प्रतिशत सम्पन्न

१६ वैशाख २०८१, आइतवार रामेछाप– लिखु तामाकोशी गाउँपालिकाकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भइरहेको योजनाहरू ५० प्रतिशत सम्पन्न भएको छ  ।

रामेछाप बाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिए

२७ चैत २०८०, मङ्गलवार रामेछाप– रामेछाप जिल्लाबाट एकै दिन १ सय ५७ प्रावि शिक्षकले स्थायी नियुक्ति लिएका छन् । शिक्षक सेवा आयोग उत्तीर्ण गरी आएका